काठमाडौं। शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधिलाई गर्भावस्था भनिन्छ। गर्भावस्था हरेक महिलाको लागि जीवनको एक सुन्दर चरण हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिमा शिशुको शारीरिक (जस्तै :आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको )वृद्धि र विकास हुन्छ ।
गर्भावस्थामा अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्छ र अनुभूति पनि गर्छ । आमाले गरेको क्रियाकलापले गर्वमा रहेको शिशुको स्वास्थ्यमा असर पार्छ। गर्भावस्थामा गर्न हुने र नहुने क्रियाकलापहरुको बारेमा हरेक आमाका साथै पुरै परिवारले जान्न अत्यावश्य छ ।
गर्भवति महिलाहरुले गर्नुपर्ने कुराहरु
१. नियमित स्वास्थ्य जाँच गर्ने
२. गर्भवतिले खानुपर्ने औषधीहरु नियमित खाने
३. पोषिला र थप खानाहरु खाने
४. खतराको संकेतलाई नियाल्ने र केहि असामान्य लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्यचौकी जाने
५. प्रसुतीका लागी गर्नुपर्ने तयारीहरु गर्ने
गर्भावस्थामा गर्न नहुने कुराहरु
१.धेरै भारी सरसामान नउठाउने र धेरै कडा शारीरिक श्रम हुने खालका काम नगर्ने
२. गर्भवति महिलाले धेरै उकालो ओरालो वा भर्याङ चढ्ने ओर्लने काम नगर्ने
३. धेरै लामो यात्रा नगर्ने र धेरै बेर सम्म उभिने र निहुरिने काम पनि नगर्ने
४. अनावश्यक औषधी वा कुनै किसिमको जडिबुडि वा आयुर्वेदिक औषधी डाक्टरको सल्लाह बिना नखाने
५. श्रीमानसँग शारीरिक सम्पर्क नराख्ने
६. स्मोकिङ वा अल्कोहलको सेवन नगर्ने
७. कीटनाशक औषधीहरुको सम्पर्कबाट टाढा बस्ने
८. अल्छी तथा फोहोरी भएर नबस्ने
९. बाहिरको खाना र प्याकेट भित्र बन्द भएको खाने कुरा नखाने
१०. नकाराात्मक कुराहरु नसोच्ने र अनावश्यक तनाव नलिने
११. स्वास्थ्यमा कुनै किसिमको समस्य देखिएमा डाक्टर कहाँ जान ढिला नगर्ने