कतिपय महिलाहरुले फन्गल इन्फेक्सन बिना नै यसको औषधि प्रयोग गरिरहनु भएको छ । कतिपय महिलाहरुले योनी चिलाउँदैमा फन्गल इन्फेक्सनको औषधि प्रयोग गरिहेका हुन्छन् । हामी कहाँ उपचारका क्रममा आउने कतिपय बिरामीहरुले मलाई योनीमा चिलायो त्यसैले औषधिको प्रयोग गरे भन्ने गरेका छन् ।
गुप्ताङ चिलाएमा कोट्रिमाजोली भन्ने औषधि प्रत्येक मेडिकलहरुले दिने गरेका छन् । यो औषधिको दुरुपयोग बढिरहेको छ । गुप्ताङमा लगाइने यो मलाम तथा ट्याब्लेटको धेरै धेरै दुरुपयोग भएको छ । महिलाहरुको गुप्ताङ द्वार चिलाउनु या सेतो पानी बग्ने समस्या भएमा त्यसलाई फन्गल इन्फेक्सन भएको भन्ने आम धारणा रहेको छ । यदि त्यस्तो समस्या आएमा तुरुन्तै स्त्री रोग विशेषज्ञका गएर त्यो फन्गल इन्फेक्सन होकी होइन भनी पहिचान गर्न सकिन्छ । गुप्ताङद्वार चिलाउँदैमा फन्गल इन्फेक्सन भएको हो भन्न सकिदैंन ।
कतिपय महिलाहरुमा छाला सुख्खा हुँदा पनि यस्तो समस्या आउने गरेको पाइन्छ । तर कतिपय महिलाहरुले रोगको पहिचान नै नगरी अनावश्यक औषधिहरु खाने गरेका छन् । हामीकहाँ उपचारका लागि आउने करिब ९९ प्रतिशत बिरामीहरुले फन्गल इन्फेक्सन भयो भन्दै मेडिकलबाट औषधि प्रयोग गरिसकेका हुन्छन्।
यसरी अनावश्यक औषधिहरु प्रयोग गर्दाे कुनै न कुनै रुपमा हाम्रो शरीरलाई असर गरिहेको हुन्छ । यदि उपचारका लागि चिकित्सक कहाँ आएका बिरामीका दही जस्तो पानी योनीबाट बगेको अवस्थामा मात्रै फन्गल इन्फेक्सनको औषधि प्रयोग गर्न सकिन्छ । गुप्ताङ चिलाउँदैंमा फन्गल इन्फेक्सन भने हुँदैन यो ब्याक्टेरियल इन्फेक्सन पनि हुन सक्छ । तर धेरै महिलाहरुले योनी चिलाएको बहानामा अनावश्यक औषधिहरु आफ्नो शरीरमा थोपरिरहेको देखेको छु।
फन्गल इन्फेक्सन होकी होइन भन्ने पहिचान गर्नका लागि स्त्री रोग विशेषज्ञको सल्लाह अनुसार काम गर्नुपर्ने हुन्छ । फन्गल इन्फेक्सनको प्रकार अनुसार यसको औषधिको डोज पनि फरक फरक हुन्छ।