संसारभरि नै मानिसको मृत्युको पहिलो कारण कोलेस्ट्रोरेल हो भने दोस्रो कारण पक्षघात हो । यी दुवै रोगको महत्वपूर्ण कारण भनेको मानिसको रगतमा भएको कोलेस्ट्रारेलको समस्या बढ्नु पनि हो ।
कोलेस्ट्रारेल बढेसँगै हृदयघात, मस्तिष्कघात, बढ्नुका साथै यसले रक्तचाप बढाउन समेत महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।हामीले शरीरमा रहेको कोलेस्ट्रारेलको मात्रा परीक्षण गर्दा पाउने रिपोर्टलाई एल डी एल भनिन्छ । परीक्षणका क्रममा यसका लेभलहरु समेत देखाइएको हुन्छ । मानव शरीरमा सबैभन्दा बढी देखिन सक्ने कोलेस्ट्रारेलको समस्या एल डी एल हो । जसको लेभल बढेमा मानव शरीरमा हृदय घात मस्तिष्कघात हुने सम्भावना पनि बढ्दै जान्छ ।
पहिलो किसिमको अवस्थालाई बढी समस्याको रुपमा पनि हेरिन्छ । दोस्रो कोलेस्ट्रोरेलको समस्या भनेको टिजी लेभल बढ्नु हो । यो समस्या वंशाणुत कारणले पनि हुने गर्छ । गुलियो खानेकुराको सेवन धेरै गरेको अवस्थामा टिजीको मात्रा बढ्न सक्छ ।
कुनै कुनै बिरामीको शरीरमा टिजी कोलेस्ट्रारेलको समस्या बढ्ने गर्छ भने कतिपयलाई एच डी एल घट्ने समस्या पनि देखा पर्न सक्छ । एल डी एल बढेपछि चिकित्सकहरुले यस्तो कोलेस्ट्रारेल घटाउनका लागि औषधि दिने गर्छन् । औषधिको प्रयोगले मात्रै कोलेस्ट्रारेलको समस्या घट्छ भन्नु एक प्रकारको भ्रम हो । औषधिको सेवनसँगै खानपानमा समेत ध्यान दिनुपर्ने हुन्छ । खानपान सन्तुलित नहुँदा नै कोलेस्ट्रोरेल बढ्ने समस्या आउने हो ।
कोलेस्ट्रोल बढेमा के गर्ने ?
- खाना खाएको करिब एक घण्टा पश्चात् मनतातो सादा पानी पिउने ।
- खाना खाएपछि करिब पाँच मिनेटसम्म आरामले बस्ने । त्यसपछि केही समय हल्का टहलिने ।
- खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।
- टुसा उम्रेका खानेकुरा खाने ।
- लसुन, प्याज, सोयाबीन आदि खानेकुरा पर्याप्त मात्रामा खाने ।
कस्तो खानेकुरा खाने ?
- हरियो सागसब्जीको प्रयोग बढी मात्रामा गर्ने ।
- फलफुलको सेवन गर्ने ।
- बोटबिरुवाबाट पाइने खानेकुराको सेवनलाई प्राथमिकता दिने ।
- नियमित रुपमा व्यायाम गर्ने ।
- एचडीएल कम भएको अवस्थामा के गर्ने
- नियमित रुपमा शारीरिक अभ्यास गर्ने ।
- सूर्तीजन्य पदार्थको सेवन कम गर्ने ।