एजेन्सी । उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोगहरू निम्त्याउन सक्छ ।
रक्तचाप उच्च भए शरीरमा रक्तसञ्चार सामान्यबाट उच्च हुने गर्छ । रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मिर्गौला फेललगायतका समस्या निम्तनसक्छन् । शरीरमा जब रगतको दवाव १२०/८० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
-खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।
-हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र ,यसमा रहेको भिटामिन सी रहन्छ ।
-नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।
-पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ ।
-अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
-हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।
-जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ ।
-संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ ।र, यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।