हर्निया भनेको के हो रु यो शरीरको कुन भागमा देखिन्छ ?
हर्निया भनेको शरीरको कुनै पनि भित्ताको भाग विभिन्न कारणवश कमजोर हुनु अथवा च्यातिनु हो । उक्त कमजोर अथवा च्यातिएको भागबाट शरीरको भित्ताले घरेर रहेको अंग अथवा तन्तुहरु बाहिर निस्कन्छन् । जुन चाहिँ हर्नियाको एउटा भाग हो । यो बाहिरबाट झट्ट हेर्दा मासुको डल्लो जस्तो देखिन्छ । हर्निया शरीरको कुनै पनि बाहिरी भाग अथवा भित्री भागमा देखिन सक्छ । यसमध्ये सबैभन्दा बढि कम्मरको अगाडिपट्टि र तिघ्राको बिचको भाग (काप) मा देखिन्छ, जसलाई इन्गुइनल हर्निया भनिन्छ । हर्निया सबै उमेरका मानिसहरुमा देखिन सक्छ ।
इन्गुइनल हर्नियाको कारण के के हुन् ?
हर्निया जन्मजात (Congenital) र प्राप्त (Acquired) गरी दुई प्रकारको हुन्छन् । Acquired हर्निया मुख्यता दुई कारणहरुले हुने गर्दछन् एउटा कारण भनेको शरीरको भित्ता कमजोर हुने र अर्को कारण शरीरको भित्ताले घेरेर रहेको भागमा चाप बढ्नु हो । इन्गुइनल हर्नियाको बारेमा भन्नु पर्दाः
विभिन्न कारणहरु जस्तैः उमेर बढ्ने, चुरोट सेवन गर्ने अपरेशन गर्दाको घाउ आदिले शरीरको भित्ता जुन सामन्यतया (Fibromuscular tissue) ले बनेको हुन्छ र कमजोर हुन जान्छ । यसबाहेक Inborn Metabolic Errors जस्तै भ्जभिचक Ehlers- Danlos Syndrome, Marfan Syndrome, Hunter Syndrome इत्यादिले गर्दा Collagen भन्ने तन्तुको कमी हुन गएर पनि शरीरको भित्ता कमजोर हुन जान्छ ।
कुनै पनि कारणवश जस्तै जोरसँग खोक्ने, गह्रौं भारी उचाल्ने, दिसा पिसाब गर्दा बल प्रयोग गर्ने, पेटमा पानी जम्ने, गर्भवती हुने इत्यादिले पेट भित्रको चाप बढ्न जान्छ र पेट भित्रका अंग अथवा तन्तुहरु आफ्नो ठाउँबाट बाहिर निस्कन सक्छ ।
यसबाहेक पेट भित्र बनेको अण्डकोष झरेर बृषणकोश (अण्डकोश बस्ने थैलो) मा आउँदाको नली बन्द नहुनाले (Patent Processus Vaginalis) गर्दा पेट भित्रको बोसो, आन्द्रा अथवा पानी उक्त नलीको बाटोबाट बाहिर निस्कन सक्छ । यो बच्चाहरुमा देखिने एक प्रकारको हर्निया हो र यसलाई Congenital Hernia भनिन्छ ।
इन्गुइनल हर्नियाको लक्षणहरु के–के हुन् ?
सामन्यतया हर्नियाको बिरामीहरुमा कुनै लक्षण नदेखिने जुन चाहीँ अन्य बिरामीको उपचारको क्रममा भेटिने अत्याधिक लक्षणहरु देखिने सम्मको हुन्छ । यस्ता लक्षणहरुमाः
- मासुको डल्लो जस्तो निस्कने यस भागमा हल्का दुख्ने, गह्रौं महसुस हुने जस्ता समस्याहरु देखा पर्न सक्छ । यस्ता लक्षणहरु पेटको चाप बढेमा झन् बढ्ने तथा चाप घटेमा लक्षणहरु पनि कम हुन सक्छ ।
- हर्नियाको लक्षणहरु सामन्यतया निष्क्रिय मानिसहरु भन्दा काम गर्ने वा बढि हिँड्डुल गर्ने मानिसहरुमा बढि देखिन सक्छ । दिनभर काम गरेपछि बेलुका या राती यस्ता समस्याहरुले बढी च्याप्न सक्छ ।
- यसको सबैभन्दा डरलाग्दो समस्या भनेको हर्नियाको भाग निस्किएर अड्केमा ९जसलाई क्ष्लअबचअभचबतभम ज्भचलष्ब पनि भनिन्छ० अत्याधिक दुख्न सक्छ । यदि यसरी लामो समयसम्म अड्केर बसेमा रक्त सञ्चारमा बाधा पुग्न गई ९जसलाई क्तचबलनगबितभम ज्भचलष्ब पनि भनिन्छ० । हर्नियाको भाग आन्द्रा वा बोसो कुहिन पनि सक्छ । उपचारमा ढिलाई भएमा आन्द्रा काट्नुपर्ने सम्म भएकोले तुरुन्तउपचार गराउनुपर्ने हुन्छ ।
इन्गुइनल हर्नियाको उपचार विधीहरु के के हुन् ?
हर्नियाको उपचार विधि भनेको अपरेशन मात्र हो । यो कुनै पनि औषधी उपचारबाट निको हुँदैन । अपरेशन सामन्यतयाः चिरेर अथवा दुर्बिनको माध्यमबाट गरिन्छ । अहिले प्रविधिको विकासले गर्दा दुर्बीनको माध्यमबाट हर्नियाको उपचार गर्ने तरिका लोकप्रिय हुँदैछ ।
यस विधिबाट उपचार गर्दा बिरामीको घाउ सानो हुने, अप्रेशन पश्चात दुखाई कम हुने, दैनिक काममा छिटो फर्कन सक्ने जस्ता फाइदाहरु हुन सक्छ । अझ विशेष इन्गुइनल हर्नियाको बारेमा भन्नुपर्दा यो एउटा साइडमा भएपछि अर्को तिर पनि हुने जोखिम हुन्छ । जसले गर्दा एउटा साइडको इन्गुइनल हर्नियाको उपचार गर्दा यदि अर्को साइडमा पनि सुरुवातको हर्निया रहेछ भने उक्त समयमा नै उपचार गर्न सकिन्छ ।
इन्गुइनल हर्नियाको उपचार पछि ध्यान दिनुपर्ने कुराहरु
हर्नियाको अपरेशन पश्चात फेरी पनि बल्झिने सम्भावना हुन्छ । यसले गर्दा पेटमा चाप पर्ने कामहरु जस्तै धेरै गह्रौं भारी नउचाल्ने, दिसा पिसाब तथा खोक्ने हाछ्युँ गर्दा धेरै बल प्रयोग नगर्ने, लामो समयसम्म टुक्रुक्क नबस्ने इत्यादि कुराहरुमा ध्यान पु¥याउनुपर्छ ।
चुरोट सेवनले शरीरको भित्तालाई कमजोर पार्ने हुनाले यसलाई त्याग्नुपर्छ । यसका अतिरिक्त अपरेशन पश्चात घाउ पाक्ने जोखिम कम गर्न घाउको सरसफाई ध्यान दिने, चाँडै साना तिना दैनिक क्रियाकलापमा सक्रिय हुने आदि कुरामा ध्यान दिनुपर्छ ।
शल्यक्रियाः
यदि कुनै अंगको शल्यक्रिया भएको छ भने त्यहाँ दबाब पर्छ जसका कारण हर्नियाको आशंका हुन्छ । शल्यक्रियामा पेटको बिचमा टाँका लगाएको छ भने हर्नियाको सम्भावना बढ्ने गर्दछ ।
खोकीः लामो समयसम्म खोकी लागिरहन्छ भने पनि हर्नियाको सम्भावना हुन्छ किनभने खोक्दा पेटमा दबाब पर्छ ।
कब्जियतः लगातार कब्जियतको समस्या छ भने पनि हर्नियाको समस्या हुनसक्छ ।
पिसाब फेर्न समस्याः पिसाब गर्न समस्या वा रोकिन्छ भने हर्नियाको आशंका बढ्छ ।
मांसपेशीको कमजोरीः यदि गर्भावस्थामा कम प्रोटिन लिएको छ वा पोषणयुक्त आहारको कमी भएको छ भने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि हर्नियाको आशंका बढ्छ ।
बढ्दो उमेरः ६० वर्षभन्दा बढि उमेर भएकाहरुलाई यसको सम्भावना थप हुन्छ । यद्यपी, यो रोग कुनै पनि उमेरमा लाग्नसक्छ ।
मृगौला रोगीः मृगौला वा कलेजोको रोग भएकाहरुलाई पनि हर्निया रोग लाग्नसक्छ ।
वेटलिफ्टिङः अत्यधिक तौल उठाउनेहरुलाई पनि यो समस्या हुनसक्छ ।
धेरै भर्याङ चढ्दाः जो व्यक्ति धेरै भर्याङ चढ्ने र झर्ने गर्छन् उनीहरुमा पनि हर्नियाको सम्भावना बढ्छ ।
हर्निया हुन नदिन
तौललाई नियन्त्रणमा राख्नुहोस् । आफूले सोचेको तौलको पाँच किलोभन्दा बढि बढ्न नदिनुहोस् ।पौष्टिक खाना खानुहोस् । प्रोटिन डाइट लिनुहोस् ता कि मांशपेसी बलियो होस् ।धुम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ ।
पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् ।धैरै तौल नउचाल्नुहोस् । जसले अत्यधिक व्यायाम गर्नुहुन्छ उनीहरुले सपोर्ट लिनुहोस् ।एकै पटक अत्यधिक र चाँडै चाँडै सिँढी नचढ्नुहोस् ।पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहोस् ।
डा धुव्र कंडेलसंग महिला स्वास्थ्यले गरेको कुराकानीको सम्पादित अंशः