जाडो मौसम सुरुसँगै छालासम्बन्धी समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या तीव्र रुपमा वाढ्दै गएको चिकित्सकहरूले बताएका छन्। विशेषगरी सुक्खा र चिसो हावाका कारण छालामा चिलाउने, कडा हुने, फाट्ने तथा एक्जिमा जस्ता समस्या वृद्धि हुने गरेको छ।
चर्मरोग विशेषज्ञका अनुसार जाडोमा वातावरणमा नमिको कारण छाला सुखा हुने, फुट्ने विषेश गरि ओठ, नाक ,कान पैतला आदि फुट्ने,एक्जिमा, सोरायसिस र पर्नियोसिस आदी समस्या बढेको देखिन्छ।चिकित्सकका अनुसार यी मध्ये एक्जिमा, सोरायसिस र पर्नियोसिस दीर्घकालीन र प्रायः वंशानुगत प्रकृतिका रोग भएकाले जाडोमा झनै सक्रिय हुने गर्छन्।
एक्जिमा, सोरायसिस र पर्नियोसिस के हुन् ?
एक्जिमा
छाला अत्यधिक संवेदनशील भएर रातो, सुन्निने, चिलाउने र सुख्खा हुने अवस्था एक्जिमा हो। जाडोमा छालाबाट प्राकृतिक बोसो घट्ने भएकाले यसको जोखिम दोब्बर हुन्छ। मानिसहरूको पेसाले पनि यो रोग निम्त्याउँछ जस्तै मजदुर किसान, जो माटो सिमेन्ट गोबर आदिको काम गर्छन् उनीहरूलाई यस्तो बिरामी बढी देखा पर्छ।
सोरायसिस
यो दीर्घकालीन र वंशानुगत रोग हो। छालामा सेता–सेता पत्रा बन्ने, रातोपन बढ्ने र ती ठाउँ कडा हुने यसको मुख्य लक्षण हो। चिसोले छाला चर्काउने भएकाले जाडोमा सोरायसिस झनै फस्टाउँछ। सामान्यताः स्वस्थ मानिसमा छल्लाको पहिलो तह झर्न 20-50दिन लाग्छ भने सोरायसिस देखिएका मानिसमा 4-5 दिनमै छल्ला झर्ने समस्या आउँछ।
पर्नियोसिस ९चिलब्लेन०
यो पनि चिसोपनका कारण हुने वंशानुगत प्रवृत्ति बढी देखिने समस्या हो। औंलाहरू निलो–रातो देखिनु, पोल्नु, चिलाउनु र सुन्निनु यसको लक्षण हो।
छाला हेरचाह नगर्दा जोखिम बढ्ने
विशेषज्ञका अनुसार छालाको उचित हेरचाह नगर्दा यी समस्या गम्भीर बन्न सक्छन्। छाला चर्किंदै गएमा संक्रमण फैलिने, घाउ बन्ने, दीर्घकालीन सूजन बढ्ने र उपचार जटिल बन्ने सम्भावना रहन्छ। विशेष गरी सोरायसिस र एक्जिमा बिग्रिएमा छालाको ठूलो भाग प्रभावित हुन सक्छ।
छाला स्वस्थ राख्ने उपाय
सन्तुलित भोजनस् शरीरलाई तातो र बलियो राख्ने पोषणयुक्त खाना, हरियो सागसब्जी, फलफूल सेवन आवश्यक छ। आहार मा विटामिन ए, विटामिन सी, माछा मासु , ड्राई फ्रुइट सेवन गर्ने।
प्रचुर पानी पिउनेस् चिसोमा पानी कम पिइने भएकाले छाला झनै सुख्खा बन्छ।
जंक फुड त्याग्नेस् अत्यधिक तेल भएको खाना रातो मासु, फास्ट फुड खडा छल्ला को समस्या देखिने भएकाले यस्तो खानाको सेवन नगर्ने।
कुन क्रीम प्रयोग गर्ने ?
विशेषज्ञका अनुसार बजारमा दुई प्रकारका मोइस्चराइजर उपलब्ध छन् —
- १० जेल आधारित
- २० अवरोध (ब्यारियर) बनाउने क्रीम
जाडोयामामा अवरोध बनाउने क्रीम प्रयोग गर्न सकिन्छ, जसले छालामा पानी बन्द गर्न, बोसो जोगाउन र बाहिरी चिसोले छाला सुक्न नदिने काम गर्छ।
समस्या कसरी जोगाउने ?
- नुहाएपछि मोइस्चराइजर लगाउने
- अत्यधिक तातो पानी प्रयोग नगर्ने
- हात–खुट्टा छोपेर राख्ने
- संसक्रिम को प्रयोग अनिवार्य गर्ने
- छाला चर्किन थालेमा घरैमा उपचार गर्नु भन्दा चिकित्सकको सल्लाह लिनु
घरायसी उपचार(होमरेमेडिज) कति सुरक्षित ?
विशेषज्ञहरूले धेरैजसो घरायसी उपचार नियमित रूपमा प्रयोग गर्दा उल्टो असर गर्न सक्ने चेतावनी दिएका छन्। सामान्य सुख्खापनमा घरायसी तरिका उपयोगी हुन सक्छ तर एक्जिमा, सोरायसिस वा पर्नियोसिस जस्ता गम्भीर समस्यामा घरायसी उपचारले समस्या झनै बिगार्न सक्छ। एलोवेरा, बेसन हल्दी प्रयोग गर्न हानिकारक हुँदैन भने अमिलो वस्तु जस्तै निम्बु, टमाटर अनि तययतजउबकतभ जस्ता होम रेमेडिज प्रयोग नगर्न सुझाव दिएका छन्।