बिहान उठ्नेबित्तिकै काँध चलाउन गाह्रो हुने, कपडा लगाउँदा हात माथि उठाउन नसकिने, कपाल कोर्न वा पछाडिको वस्तु समाउन कठिन हुने समस्या धेरैले सामान्य काँध दुखाइ वा उमेरसँगै आउने समस्या ठानेर बेवास्ता गर्ने गर्छन्। तर यस्ता लक्षण फ्रोजन सोल्डर फ्रोजन सोल्डर (Frozen Shoulder) अर्थात् एडहेसिभ क्याप्सुलाइटिस (Adhesive Capsulitis) को संकेत पनि हुन सक्छ। फ्रोजन सोल्डर भनेको के हो ? सामान्य काँध दुखाइभन्दा कसरी फरक हुन्छ? निको भएपछि फेरि दोहोरिन सक्छ? र बच्न के गर्ने ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका हाड जोर्नी विशेषज्ञ डा.अमित देवसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् :
काँधमा कडा दुखाइ र कडापनको समस्यालाई फ्रोजन सोल्डर भनिन्छ । यो सामान्य दुखाइबाट सुरु भए पनि बिस्तारै काँधको जोर्नी कडा हुँदै जान्छ। समयसँगै काँध चलाउनै नसकिने सूजन आउँने साथै जोर्नीमा दुखाइ हुनाले हात हल्लाउन तथा हातले आफ्नो दैनिक कामकाज गर्न धेरै अप्ठ्यारो हुन्छ । पहिले–पहिले यो समस्या खेलाडीलाई वा कुनै कारण चोटपटक लागेको अवस्थामा भएको देखिन्थो भने अचेल यो आम समस्या भएको छ । हेर्दा अत्यन्तै सामान्य लाग्ने यो समस्या अति नै पीडादायी हुन्छ । फ्रोजन सोल्डरले गर्दा काँध तथा हात अत्यधिक दुख्नु, काँध, कुइनो तथा हात सुन्निनु, हातमा करेन्ट लागेको जस्तो झट्का लाग्नु तथा हातमा कम्पन हुनु जस्तो समस्या देखिन्छ ।
सामान्य काँध दुखाइ भन्दा फ्रोजन सोल्डरमा के फरक छ ?
फ्रोजन सोल्डरमा हुने दुखाइ केवल काँधको जोर्नीमा मात्र सीमित हुँदैन। काँधको जोर्नीलाई घेरेको क्याप्सुल (Joint Capsule) मा हुने सूजन र कडापनका कारण वरिपरिका मांसपेशीहरू पनि तनावमा आउँछन्। यही कारण दुखाइ काँधबाट पाखुराको माथिल्लो भाग (Upper Arm) सम्म फैलिन सक्छ।
कतिपयमा यो दुखाइ काँधबाट गर्दनतर्फ माथि सर्ने, पछाडितर्फ काँधको ब्लेड (Shoulder Blade) वरिपरि फैलिने वा हाततर्फ तल झर्ने पनि हुन सक्छ। त्यसैले धेरैले सुरुमा यसलाई गर्दनको समस्या वा सामान्य मांसपेशी दुखाइ ठान्ने गर्छन्। सामान्य काँध दुखाइ प्रायः मांसपेशी, टेन्डन वा लिगामेन्टमा चोटपटक, अत्यधिक काम वा गलत आसनका कारण हुन्छ र केही दिन वा हप्तामै आराम, औषधि वा फिजियोथेरापीले सुधार हुन सक्छ। यस अवस्थामा काँध दुखे पनि अधिकांश व्यक्तिले हात चलाउन भने सक्छन्। तर फ्रोजन सोल्डरमा काँधको वरिपरिनै सिमित हुन्छ, जसका कारण दुखाइसँगै काँधको चलायमान क्षमता पनि उल्लेखनीय रूपमा घट्छ। हात माथि उठाउन, पछाडि लैजान, कपडा लगाउन वा कपाल कोर्नसमेत कठिन हुन्छ।
पछिल्लो समय फ्रोजन सोल्डरका बिरामी बढ्नुको कारण ?
यसको मुख्य कारण आधुनिक जीवनशैली, शारीरिक गतिविधिमा कमी र काँध दुखाइलाई सामान्य समस्या ठानेर समयमै उपचार नगर्नु हो।काँध दुखाइलाई बेवास्ता गर्दा फ्रोजन सोल्डर हुन्छ । यसको मुख्य कारण आधुनिक जीवनशैली विशेषगरी ४० देखि ६० वर्ष उमेरका महिलामा यो समस्या तुलनात्मक रूपमा बढी देखिने गरेको छ। सामान्य व्यक्तिमा फ्रोजन सोल्डरको समस्या १–३ प्रतिशतमा देखिने भए पनि मधुमेह (डायबिटिज) र थाइराइडका बिरामीमा यो १०–३० प्रतिशतसम्म देखिने गरेको छ। अन्य कारणहरु
- काँधको नसा च्यापिनु,
- मोटोपन,
- शारीरिक गतिविधि घट्नु र नियमित व्यायाम नगर्नु
- लामो समय कम्प्युटर, ल्यापटप वा मोबाइल प्रयोग गरी एउटै आसनमा बस्ने बानी
- मधुमेह (डायबिटिज), थाइराइडसम्बन्धी समस्या भएका बिरामी बढ्नु
- काँधमा चोटपटक वा शल्यक्रियापछि लामो समय हात नचलाउनु
- स्ट्रोक, मुटु वा स्तनको शल्यक्रियापछि काँध निष्क्रिय रहनु
- उमेरसँगै जोर्नी र नरम तन्तु ९क्यात त्ष्ककगभ० को लचकता घट्दै जानु
- गलत आसनमा लामो समय बस्ने वा काम गर्ने बानी
- काँध दुखेपछि समयमै उपचार वा फिजियोथेरापी नगर्नु, जसले समस्या जटिल बन्न सक्छ
फ्रोजन सोल्डरको कुन स्टेजमा कस्तो समस्या हुन्छ ?
फ्रिजिङ स्टेज : यो चरणमा काँधमा तीव्र दुखाइ हुन्छ र बिस्तारै हात चलाउन गाह्रो हुन थाल्छ। यस स्टेजमा बिरामीलाई कुनै पनि किसिमको हलचलले काँधमा दुखाइ हुन थाल्छ ।बिस्तारै बिस्तारै काँध, पिठ्यूँ र हातको काम गर्दा दुखाइ बढ्न सक्छ । यदि यो अवस्था २ देखि ९ महिनासम्म जारी रह्यो भने यसलाई फ्रिजिङ अवस्था भनिन्छ ।
फ्रोजन स्टेज : सोल्डर जाम भएको अवस्थालाई फ्रोजन स्टेज भनिन्छ । यो अवस्थामा दुखाइ बढ्नुका साथै तर काँध जाम हुन्छन् र तिनीहरूलाई सार्न र चलाउन गाह्रो हुन्छ । यस प्रकारको अवस्था ६ देखि १२ महिना सम्म रहन सक्छ ।
थविङ स्टेज : तेस्रो स्टेजमा फ्रोजन सोल्डरको निको हुने चरण सुरु हुन्छ । यसस्टेजमा दुखाई कम हुने काँधमा क्रमिक सुधार देखिन्छ । हातको चालढाल पनि सुरु हुन्छ । कुम चलाउन पुनः सजिलो हुने, दुखाइ पनि कम हुँदै जाने तर बेलाबेलामा दुखिरहने हुन्छ । जुन १८ देखि २४ महिनासम्म रहन सक्छ । यो अवधिमा बिरामिले अस्पताल आई रअनुपरने, कसै कसै लाई सुई लागाउन परने भने कतिबो अपरेसन नै गर्नुपर्ने हुन्छ । अन्तिम्मा भने को दुखाई भए पनि निको हुन्छ । मधुमेहको बिरामिलाई भने अ४बढि समय लाग्ने र निको पार्न गाह्रो हुने हुन्छ ।
फ्रोजन सोल्डर पूर्ण रूपमा निको हुन्छरु एक पटक निको भएपछि फेरि दोहोरिन सक्छ?
अधिकांश अवस्थामा फ्रोजन सोल्डर उचित उपचार र नियमित फिजियोथेरापीबाट निको हुन सक्छ। तर पूर्ण रूपमा निको हुन केही महिनादेखि एक–दुई वर्षसम्म लाग्न सक्छ। उपचारमा बिरामीको उमेर, स्वास्थ्य अवस्था र रोगको चरणले पनि प्रभाव पार्छ।
एक पटक निको भएको उही काँधमा फेरि फ्रोजन सोल्डर दोहोरिने सम्भावना कम हुन्छ। तर एक काँधमा फ्रोजन सोल्डर भएको व्यक्तिमा भविष्यमा अर्को काँधमा पनि यो समस्या देखिन सक्ने सम्भावना रहन्छ।
सामान्य व्यक्तिको तुलनामा मधुमेह (डायबिटिज) भएका बिरामीमा भने फ्रोजन सोल्डरको उपचार चुनौतीपूर्ण हुन सक्छ। यस्ता बिरामीमा काँधको कडापन बढी समयसम्म रहन सक्छ, उपचारको अवधि लम्बिन सक्छ र केही अवस्थामा काँधको चलायमान क्षमता पूर्ण रूपमा फर्काउन कठिन हुन सक्छ। त्यसैले मधुमेह भएका बिरामीले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्दै चिकित्सक र फिजियोथेरापिस्टको सल्लाहअनुसार उपचारलाई निरन्तरता दिनु आवश्यक हुन्छ।
उपचार
फ्रोजन सोल्डरको उपचार रोगको चरण, दुखाइको तीव्रता र काँधको चलायमान क्षमताका आधारमा तय गरिन्छ। त्यसैले उपचार सुरु गर्नुअघि यो प्राइमरी (Primary) हो वा सेकेन्डरी (Secondary) फ्रोजन सोल्डर हो भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। यदि मधुमेह, थाइराइड, चोटपटक वा अन्य रोगका कारण समस्या भएको छ भने त्यसको उपचारलाई पनि सँगसँगै प्राथमिकता दिनुपर्छ।
यदि रोग प्रारम्भिक चरणमा छ भने चिकित्सकले सबैभन्दा पहिले दुखाइ नियन्त्रणमा ध्यान दिन्छन्। यसका लागि दुखाइ कम गर्ने औषधि, आवश्यक परे स्टेरोइड इन्जेक्सन तथा तातो सेकको सल्लाह दिन सकिन्छ। दुखाइ कम हुँदै गएपछि काँधको चलाउने क्षमता कायम राख्न र बढाउन फिजियोथेरापी तथा नियमित स्ट्रेचिङ व्यायाम सुरु गरिन्छ। फ्रोजन सोल्डरको उपचारमा समयमै पहिचान, उचित फिजियोथेरापी र नियमित व्यायाम नै सबैभन्दा प्रभावकारी आधार मानिन्छ।
सामान्य व्यक्तिको तुलनामा मधुमेह भएका बिरामीमा फ्रोजन सोल्डरको उपचार चुनौतीपूर्ण हुन सक्छ। यस्ता बिरामीमा काँधको कडापन लामो समयसम्म रहन सक्छ, उपचारको अवधि लम्बिन सक्छ र पूर्ण रूपमा निको हुन अरूको तुलनामा बढी समय लाग्न सक्छ। त्यसैले मधुमेह भएका बिरामीले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु उपचारको महत्त्वपूर्ण पक्ष हो।
फ्रोजन सोल्डर भएका करिब ८०–९० प्रतिशत बिरामी औषधि, फिजियोथेरापी, नियमित स्ट्रेचिङ व्यायाम तथा आवश्यक परे स्टेरोइड इन्जेक्सनको माध्यमबाटै निको हुन सक्छन्। अधिकांश बिरामीमा यी उपचारबाट राम्रो सुधार देखिने भएकाले शल्यक्रियाको आवश्यकता पर्दैन। तर लामो समयसम्म यी उपचार गर्दा पनि काँधको दुखाइ र कडापनमा उल्लेखनीय सुधार नआए वा दैनिक कामकाज नै प्रभावित हुने अवस्था आएमा मात्र अन्तिम विकल्पका रूपमा शल्यक्रियाबारे विचार गरिन्छ।
फ्रोजन सोल्डरबाट कसरी बच्ने?
फ्रोजन सोल्डरलाई सबै अवस्थामा पूर्ण रूपमा रोक्न सकिँदैन। तर केही स्वस्थ बानी अपनाएर यसको जोखिम कम गर्न सकिन्छ। विशेषगरी ४० वर्षभन्दा माथिका व्यक्ति, मधुमेह र थाइराइडका बिरामीले काँधको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ।
- काँधलाई नियमित चलाइराख्ने एउटै अवस्थामा नबस्ने र हल्का स्ट्रेचिङ व्यायाम गर्ने
- दैनिक स्ट्रेचिङ तथा काँधका मांसपेशी बलियो बनाउने व्यायाम गर्ने
- लामो समय कम्प्युटर वा मोबाइल प्रयोग गर्दा सही आसन अपनाउनुहोस् र बीच–बीचमा काँध तथा घाँटी चलाउने
- काँधमा चोटपटक वा शल्यक्रिया भएपछि चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाहअनुसार सकेसम्म छिट्टै काँध चलाउन सुरु गर्ने
- मधुमेह (डायबिटिज) र थाइराइड जस्ता रोगलाई नियन्त्रणमा राख्ने
- स्वस्थ तौल कायम राख्ने र नियमित शारीरिक गतिविधिमा सहभागी हुने
- काँधमा लगातार दुखाइ वा चलाउन गाह्रो भए त्यसलाई सामान्य ठानेर बेवास्ता नगर्ने
- समयमै हाडजोर्नी विशेषज्ञ वा फिजियोथेरापिस्टसँग परामर्श लिने