काठमाडौं- आमा बन्नु महिलाका लागि एक सर्वश्रेष्ठ अनुभूति हो । गर्भावस्था देखि नै हरेक नारीले आमा बन्नु र आफ्नो सन्तानका बारेमा सोच बनाइसकेका हुन्छन् । आमा बन्नु जस्तै शिशुलाई स्तनपान गराउँनु पनि खास नै हो ।
शिशुलाई आमाको दुुधले भविष्य देखि हालको समयमा आइपर्ने स्वस्थ्य समस्याबाट बच्चाउने काम गर्छ । आमाको दुध खादा शिशुलाई फाइदा त हुन्छ नै स्तनपान गराउँने आमाका लागि पनि फाइदाजनक नै मानिन्छ ।
बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।
बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।
आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ । महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा ९९८५० गर्भ निरोधकको रुपमा काम गर्छ ।