एजेन्सी। कोही मानिस बत्ती निभाएर अन्धकारमा सुत्न रुचाउँछन् भने कतिपय मानिस बत्ती बालेर वा उज्यालोमा सुत्छन।
बत्ती बालेर वा कुनै पनि प्रकारको उज्यालोमा सुत्नु स्वास्थ्यका लागि हानिकारक हुने अमेरिकामा हालै गरिएको एक अनुसन्धानले देखाएको छ । नर्थवेस्टर्न युनिभर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनको अध्ययनअनुसार उज्यालोमा सुत्ने मानिसमा मुटु रोग र टाइप-२ मधुमेहको जोखिम निम्तिन सक्छ।
आँखामा प्रवेश गर्ने थोरै प्रकाशले पनि मुटुको धड्कन र रगतमा चिनीको मात्रा बढाउने अध्ययनले देखाएको हो । मुटुको धड्कन दिनमा उच्च हुन्छ र सामान्यतया रातमा घट्ने हुन्छ। रातको समयमा मस्तिष्कले शरीरलाई मर्मत गर्ने काम गर्छ, त्यसैले मुटुको धड्कन घट्छ। तर अनुसन्धानमा संलग्न व्यक्तिहरू उज्यालोमा सुत्दा उनीहरूको मुटुको धड्कन रातमा पनि बढी रहेको पाइएको थियो।
यसले भविष्यमा प्रारम्भिक मृत्युको जोखिमलाई बढाउँछ । अनुसन्धानले बिहान उठ्दा ती व्यक्तीहरूको रगतमा चिनीको मात्रा उच्च भएको पनि पत्ता लगायो । दीर्घकालीन रूपमा, यसले टाइप २ मधुमेह निम्त्याउन सक्छ । यसअघिको एक अनुसन्धानमा वैज्ञानिकहरूले राती सुत्दा कृत्रिम प्रकाश प्रयोग गर्दा मोटोपनको समस्या र तौल बढ्ने जोखिमलाई बढाउँछ।