एजेन्सी । नेपालमा प्रयोग गरिने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग धेरै पाइएको अध्ययनले देखाएको छ।
एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले जनाएको हो।
न्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहका अनुसार नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीबाट पठाइएको नमुनामा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको छ।
ुआयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेको पाइएको छ । त्यसैले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिनुपर्छ, उनले भने।
बङ्गलादेशलगायतका कतिपय देशमा मापदण्डभन्दा एक सय २२ गुणसम्म बढी केमिकल प्रयोग गरिएको पाइएको उनले बताएका छन् । बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक मानिन्छ।
फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्याउने गर्छ।