- डा. ओम मुर्ति अनिल
काठमाडौं - कोरोना भाइरस संक्रमितलाई अक्सिजनको कम हुनु (९५ प्रतिशत) को अर्थ फोक्सोको संक्रमणले प्रयाप्त क्षती पुर्याउनु हो । अर्थात थोरै क्षती पुगेको व्यक्तिमा अक्सिजन सामान्य नै देखिन्छ ।
कुनै पनि संक्रमित व्यक्तिमा अक्सिजन घट्नुको अर्थ बिरामीलाई अक्सिजनको सँगै निमोनिया र अन्य जटिलताका लागी विभिन्न औषधिहरु स्टेरोइड, हेपारीन को उचित प्रयोग समयमा नै गर्नुपर्छ ।
यस्तो अवस्थामा अक्सिजनमात्र दिएर बिरामी निको हुने सम्भाबना न्युन भएकाले घरमा नै उपचार गर्नु उचित हुदैन । अस्पतालमा शैया व्यवस्थापन नभएसम्म घरमै अक्सिजन दिएर, बिच बिचमा घोप्टो पारेर चिकित्सकको सल्लाह अनुसार केहि औषधि दिएर उपचार गर्न सकिन्छ ।