काठमाडौं- शरीरमा इन्सुलिन हर्मोनको उत्पादनमा कमी आएको अवस्थामा मधुमेह ९डायबिटिज ० हुने गर्छ । इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ ।
डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान वंशााणुगत हो भने टाइप टुको डायबिटीज मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो ।
कस्ता व्यक्तिमा डायबिटिजको जोखिम बढी हुन्छ ?
- मोटोपन बढी भएका ।
- कम्मर, पेट वा शरीरका विभिन्न भागमा बोसो जमेका ।
- वंशाणुगत गुण
- मानसिक रुपमा बढी प्रेसर पर्ने काम गर्ने व्यक्तिलाई ।
- निष्क्रिय जीवन बिताउने ।
- बढी चिल्लो, मसलादार खानेकुरा खाने व्यक्तिलाई ।
- उच्च रक्तचाप भएका व्यक्तिलाई ।
- मध्यपान तथा धूमपानको अत्यधिक सेवन ।
- शारीरिक कसरत नगर्ने ।
डायबिटिजका लक्षणहरु
विभिन्न अनुसन्धानका अनुसार, ५० प्रतिशत बढीलाई डायबिटिज लक्षण विना नै देखिएको छ । यद्यपि जुनसुकै उमेर समूहका मानिसहरुमा डायबिटिज हुन सक्छ ।
- बढी थकान महशुस हुने
- पिँडुला दुख्ने
- बढी भोक लाग्ने
- छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने
- आलस्य हुने, जाँगर नचल्ने
- वजन घट्दै जाने
- मुख सुख्खा हुने
- वाकवाकी, रिंगटा लाग्ने
- खाना बढी रुच्ने
- हातखुट्टा पोल्ने, सुन्निने, झमझमाउने
- आँखा धमिलो र तिरमिराउने
- यौन दुर्वलता हुने
- पटक–पटक सङ्क्रमण हुने वा घाउ ढिलो निको हुने
डायबिटिजबाट कसरी बँच्ने ?
डायबिटिजबाट बच्न विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ । जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ स
- शारीरिक व्यायाम दैनिक ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्ने ।
- डाक्टरको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।
- समय९समयमा खाना खाने ।
- मैदाबाट बनेका खाना कम गर्ने ।
- शरीरको तौल सामान्य राख्ने ।
- चिनीको मात्रा कम गर्ने ।
- आँप सकभर नखाने ।