जलबिन्दु आँखासम्बन्धी रोग हो । यो ४० वर्षभन्दा बढी उमेरका मानिसमा बढी देखिने गर्छ । समयमै उपचार नगराएको अवस्थामा जलबिन्दुकै कारण दृष्टिविहीनसमेत हुन सक्छ । मधुमेह वा उच्च रक्तचापका बिरामी पनि यसको जोखिममा हुन्छन् । कतिपयलाई वंशानुगत कारणले पनि जलबिन्दुको समस्या हुने गर्छ ।
-आँखामा भएको जलबिन्दुबारे जानकारी कहिलेकाहीँ नहुन सक्छ । यस्तो जलबिन्दु एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ । त्यसैले समय–समयमा आँखाको परीक्षण गर्नुपर्छ । आँखामा देखिने स–साना समस्याको पनि वेलैमा उपचार गर्नुपर्छ । किनभने, आँखा निकै संवेदनशील अंग हो ।
-जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ । र, आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ देखा पर्न थाल्छ ।
-कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुन सक्छ । यस्तो अवस्थामा आँखामा प्रेसर बढ्छ । यसले बिस्तारै दृष्टिक्षमतालाई क्षति पु-याउँदै लैजान्छ ।
-आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निर्माण गर्ने रेसाहरूलाई बिस्तारै बिगार्दै लैजाने गर्छ । जथाभावी औषधिको प्रयोग गर्दा पनि आँखामा जलबिन्दुको समस्या हुन सक्छ ।
बच्ने तरिका
सुरुवाती समयमै जलबिन्दुको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ । तर, ढिला थाहा भएमा आँखाको शल्यक्रिया गरेर मात्र यसलाई निर्मूल गर्न सकिन्छ ।