संक्रमणको कारण
खुट्टा र टिस्युमा कुनै किसिमको चोट लाग्यो अथवा हड्डी भाँचियो, लिगामेन्टमा इन्जुरी भयो र खुट्टाको बाहिरी छालामा कुनै किसिमको संक्रमण देखियो भने खुट्टा सुन्निन्छ ।
मुटुमा समस्या
मुटुमा कुनै पनि समस्या छ भने मुटुले राम्रोसँग रगत सप्लाई गर्न नसक्दा खुट्टामा आवश्यक तरल पदार्थ पुग्दैन र खुट्टा सुन्निन्छ । यस्तो वेला सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने हुन्छ ।
खुट्टामा रगतको टुक्रा जम्नु
खुट्टामा रगत जम्दा खुट्टा सुनिन्छ । खुट्टाको कुनै पनि ठाउँमा ब्लडको टुक्रा बस्दा ब्लड सर्कुलेसन राम्रोसँग हुँदैन र खुट्टा सुनिन्छ । कहिलेकाँही ब्लडको नसा फुटेर अन्त जाँदा मान्छेको मृत्युसमेत हुन सक्छ । यस्तो वेला खुट्टा दुख्ने, रातो र नीलो हुने र छुँदा तातो हुने हुन्छ ।
मिर्गाैलामा समस्या
कसैलाई मिर्गाैलामा समस्या हुँदा खुट्टा सुन्निने हुन्छ । मिर्गौलाले शरीरमा भएको खराबलाई फिल्टर गरेर पिसाबको माध्ययमबाट बाहिर पठाउने काम गर्छ । मिर्गौलाले राम्रोसँग काम गर्न नसक्दा शरीरमा पानीको मात्रा बढी हुन्छ र खुट्टा सुन्निन्छ । शरीरको खराब कुरा पिसाबबाट बाहिर ननिस्किँदा खुट्टा सुन्निन्छ । किड्नीले काम नगर्दा शरीरमा पानीको मात्रा धेरै हुन्छ । यसका लक्षणहरूः तिर्खा लाग्ने, ब्लिडिङ हुने, सास फेर्न समस्या हुने, थकान महसुस हुने हुन्छ ।
औषधिको कारण
मुटुको औषधि खाने, दुखाइ कम गर्ने औषधि खाने मानिसहरूको खुट्टा सुन्निने हुन्छ ।