आङ्ग खस्ने समस्या
पाठेघर खस्नुलाई नै आङ खस्ने भनिन्छ। बच्चा जन्माएपछि स्याहारको कमी भएका महिलामा, धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुने, आरामको कमी र बढी काम, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा आङ खस्ने समस्या देखिन सक्छ।
आङ्ग खस्ने समस्याका मुख्य कारणहरू
- बच्चा जन्माउने बेलामा दक्ष प्राविधिकको सहयोग प्राप्त नहुनु,
- वर्षेनी बच्चा जन्माउनु (छोराको आशामा),
- सानो उमेरमा विवाह हुनु
- इच्छा विपरीत यौनसम्पर्क राख्न बाध्य बनाइनु,
- सुत्केरी अवस्थामा नै गहौं भारी उचाल्नु, टुक्रुक्क बसेर काम गर्न बाध्य हुनु,
- गर्भवती÷ सुत्केरी अवस्थामा पेटभरी पोसिलो खाना र आराम गर्न नपाउनु,
- सुत्केरी र गर्भवती अवस्थामा विभिन्न प्रकारका हिंसा खप्न बाध्य बनाइनु ।
रोकथामका उपायहरू
- सबै गर्भवती र सुत्केरी महिलाहरूका लागि दक्ष प्राविधिकको सहयोग उपलब्ध गराउने,
- २० वर्षपछि मात्र विवाह गर्ने,
- कम्तीमा २ वर्षको फरकमा मात्रै २ वटासम्म बच्चा जन्माउने,
- छोराको आसमा धेरै बच्चा जन्माउन बाध्य नगराउने,
- गर्भवती र सुत्केरी अवस्थामा उपयुक्त खाना र आराम गर्न सक्ने वातावरण निमार्ण गर्ने,
- गर्भवती र सुत्केरी अवस्थामा नियमित जाँच र उचित सहयोग उपलब्ध गराउने,
- सुत्केरी अवस्थामा गह्रौं भारी उचाल्न र काम गर्न दिने,
- घरेलु हिंसाको अन्त्य गर्ने ।
उपचारका विधिहरू
- सुत्केरी भएपछि पाठेघर र योनी वरिपरिका मांशपेशी बलियो बनाउने व्यायाम गर्ने,
- उचित खानपान र आरामको व्यवस्था मिलाउने,
- स्वास्थ्यकर्मीको सहयोग लिई अस्थाई सहयोगका लागि रिङ्ग पेसरी राख्ने । यस्तो रिङ्ग पेसरी ३—३ महिनामा फेर्ने ।
- यो समस्याको पूर्ण समाधान शल्यक्रियाद्वारा गर्नुपर्दछ । त्यसैले उपयुक्त व्यवस्था मिलाई शल्यक्रियाका लागि स्वास्थ्य केन्द्रमा जाने ।