हामी निरोगी जीवन बाँच्न चाहन्छौं र आफूलाई स्वस्थ राख्नका लागि हामी धेरै काम गर्छौं । तर पनि धेरै जसो हामि बिरामी भई रहेका हुन्छौँ । यदि साँच्चिकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता कुरामा ध्यान दिन जरुरी छ, जसले निरोगी बन्न सकिन्छ । सधै स्वस्थ्य रहनका लागि शारीरिक रुपले मात्र होइन् मानसिक र भावनात्मक रुपले स्वस्थ रहन जरुरि हुन्छ ।
आज भोलि आफ्नो करिअर, परिवारप्रतिको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षा लगायतका कुराले मानिस तनावमा पर्छ । यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य नकारात्मक प्रभाव पारि रहेको छ । त्यसैले स्वस्थ्य हुनका लागि अनुशासित जीवनशैली अपरिहार्य छ । निश्चित समयमा सुत्ने, निश्चित समयमा खाने, निश्चित समयमा उठ्ने जस्ता दिनचर्या पालना गर्नैपर्छ । त्यसबाहेक स्वास्थ्यलाई प्रतिकुल हुने खानेकुरा सेवन गर्नु हुन्न ।
सधै स्वस्थ्य रहन अपनाउनुपर्ने कुराहरु
सधै स्वस्थ्य रहनका लागि विशेष तीनकुरामा ध्यान दिनु पर्छ स्
- उचित आहार
- उचित विहार
- उचित विचार
स्वस्थ्य दिनचर्या, सन्तुलित भोजन र सकारात्मक सोंचले हामीलाई स्वस्थ्य, तन्दुरुस्त र जवान बनाउँछ ।
- नियमित दिनचर्याको ख्याल गर्ने ।
- शरीरलाई आवश्यक पोषण तत्व अनुरुप सन्तुलित मात्रामा खानेकुरा सेवन गर्नुपर्छ ।
- सकारात्मक सोंच राख्ने ।
- धूम्रपान मद्यपानको प्रयोग नगर्ने ।
- शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथै थप खाना खुवाउने, खोप लगाउने, बेला बेलामा स्वस्थ्य जाँच गराउने ।
- मोटोपन धेरै हुन नदिने ।
- नियमित एक्सरसाइज गर्ने ।
- ६ देखि ८ घन्टाको निदाउने ।
- नास्ता खाने बानीको विकास गर्ने ।
- ध्यान गर्ने ।
- उच्च स्ट्रयाची कार्वोहाइड्रेड तथा फाइबरयुक्त खानाको प्रयोग गर्ने ।
- चिनी, नुनको कम प्रयोग गर्ने ।
- प्रशस्त मात्रामा पानी खाने ।
- कम फ्रयाटयुक्त खाना खाने ।
- फलफूल तथा सागसब्जी धेरै खाने ।
- सर सफाइमा विशेष ध्यान दिने ।
- रोगबाट बच्ने खोपहरु लगाउने ।
- धेरै तनाव नलिने ।
- मिठाई, कोल्ड ड्रिंक, चिया९कफी, जंक फ्रूड आदि खानेकुरा नखाने ।
- चिमित्सकको सल्लाह बिना अनावश्यक औषधिको प्रयोग नगर्ने ।
- नियमित रूपमा स्वास्थ्य जाँच गराउने ।
बिरामी नहुँदा पनि स्वास्थ्य जाँच गर्न जरुरी छ । कुनै पनि समस्याका लक्षण देखिनुअघि नै समस्याबारे थाहा भयो भने केही हदसम्म बिरामी हुनबाट बच्न सकिन्छ ।