काठमाडौं - हृदयघातको नाम सुन्दा पनि सबैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु भएको छ ।
बूढाबूढीलाई मात्र हृदयघात नभएर यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार बन्न पुग्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ ।
यी कुराहरुमा ध्यान दिन सके यसको खतराबाट अवस्या बच्न सकिन्छ ।
- अन्य भागमा पीडा
- छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।
- सास लिन अप्ठ्यारो
- सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
- पाचनतन्त्रमा गडबडी
- पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
- आत्तिने
- लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
- अत्यधिक पसिना
- कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
- गोडा फुल्ने
- मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
- ढुकढुकी बढ्नु
- धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।