काठमाडौं । गर्भावस्थाको क्रममा शरीरमा विभिन्न प्रकारका परिर्वतनहरु देखिन्छ । केही मानसिक परिर्वतन हुन्छ भने केही शारीरिक परिवर्तन हुन्छन् । शरीरमा हुने परिर्वतनहरुमध्ये एक हो गर्भावस्थामा हुने स्ट्रेच मार्क । गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिर्वतन हुनु, गर्भाशय बढ्नु जस्ता विभिन्न कारणले गर्दा १० मध्ये ९ जना गर्भवती महिलाहरुलाई स्ट्रेच मार्क हुन्छ ।
आमाको पेटमा बच्चा ६ महिना पुगेपछि वृद्धि विकास एकदम चाँडै हुन्छ । पेटको छालाको माथिल्लो लेयरमा केही पनि हुँदैन । तर छालाको भित्री लेयर च्यातिन्छ । किशोर किशोरीहरू पनि मोटाउँदा छाला धेरै तन्किएर माथिको छालामा केही असर देखिँदैन । जुन ठाउँमा छाला तन्किन्छ तत्काल आफ्नो ठाउँमा आउन सक्दैन र छालाका भित्री रेसा च्यातिन्छन् । त्यसैले सुरुमा स्ट्रेच मार्क रातो हुन्छ । सुरुमा स्ट्रेच मार्क आउँदा ६ महिनादेखि १० महिनासम्म रातो भएर बस्छ । रातो रङबाट स्ट्रेच मार्क सेतो भयो भने त्यसलाई पुरानो खालको स्ट्रेच मार्क पनि भनिन्छ ।
शरीरको वृद्धि विकास हुँदा जस्तै मोटापा बढ्दा स्ट्रेच मार्क आउने गर्छ । एकै पटक शरीरको तौल बढ्दा स्ट्रच मार्क आउने गर्छ । यस्तै हर्मोनका कारण र विभिन्न औषधिको प्रयोगबाट पनि स्ट्रेच मार्क आउन सक्छ । कतिपय छालाका रोगीलाई स्टेरोइड औषधि चलाउनुपर्ने हुन्छ । यस औषधिबाट पनि हार्मोनहरू गडबड हुन सक्छ । वंशाणुगत रोगका कारण स्ट्रेच मार्क शरीरभरि आउन सक्छ वा शरीरको कुनै अङ्गमा ठूलो आकारमा स्ट्रेच मार्क आउँन सक्छ ।
विभिन्न माध्यमबाट स्ट्रेच मार्क हटाउने जानकारीको बारेमा थाहा पाई रहेका हुन्छै । तर एकपटक स्ट्रेच मार्क देखिएपछि त्यसलाई हटाउन विभिन्न उपाय अपनाउनु भन्दा त्यसलाई आउनै नदिनु राम्रो हुन्छ ।
स्ट्रेच मार्क कस्तो अवस्थामा आउँछ ?
- शरीरको वृद्धि विकास अर्थात् उमेरभन्दा चाँडै मोटाउँदा स्ट्रेच मार्क आउँछ ।
- मोटाइसकेपछि चाँडै दुब्लाउँदा स्ट्रेच मार्क आउँछ ।
- गर्भावस्थामा स्ट्रेच मार्क आउँछ ।
स्ट्रेच मार्कको रोकथाम कसरी गर्ने ?
- स्ट्रेच मार्क रोक्नका लागि नियमित शारीरिक अभ्यास गर्नुपर्छ । दैनिक व्यायाम, योगा अभ्यासले छालाको तन्कने क्षमतालाई विकास गर्छ ।
- स्वस्थकर खानामा बढी जोड दिनुपर्छ । जङ्कफुडहरू जस्तै आइसक्रिम, पिज्जा, बर्गरमा बढी चिल्लो र क्यालोरी हुने भएकाले चाँडै शरीरको वृद्धिविकास हुन्छ ।
- शरीरमा सकेसम्म नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोस्चाइजर, लोसन लगाउँदा छालाको तन्कने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुख्खा छालाभन्दा तेलिय छालामा तन्कने क्षमता बढी हुन्छ ।
- अत्यधिक मात्रा पानी तथा तरल पदार्थको सेवन गर्ने जसले शरीर तथा छाला भित्रैबाट हाइडे्रट गर्छ ।
- भिटामिने सी भरिपूर्ण मात्रामा खाने यसको सेवनले छालामा कोलाजनको मात्रा कायम हुन्छ र स्ट्रेच मार्क आउन पनि रोकिन्छ ।
- जिंकले भरिपूर्ण चीजहरुलाई आफ्नो डाइटमा समावेश गर्ने यसले पनि स्ट्रेच मार्क आउनबाट रोक्न सकिन्छ ।
- भिटामिन डी का लागि बिहानको घाममा हल्का हिंडडुल फाइदाजनक हुन्छ ।