कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन्। आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्न सुरु हुन सक्छ।
चिकित्सकहरूले भन्ने गरेको कपाल झर्ने समस्या पुरुषमा हुँदा बढी चर्चा हुने गर्छ, तर महिलाहरूमा पनि कपाल झर्ने समस्या सामान्य नै हुन्छ। हार्वर्ड मेडिकल स्कूलका अनुसार जिन्दगीको कुनै न कुनै बिन्दुमा एक तिहाइ महिलाहरूले पनि कपाल झर्ने समस्या भोग्छन्।
कपाल चाँडै झर्ने समस्यालाई रोक्न सकिन्छ ?
छालारोग विशेषज्ञ डा. आँचल पन्थका अनुसार कपाल झर्ने समस्यालाई रोक्न सबैभन्दा पहिला कुनै व्यावसायिक व्यक्तिलाई देखाउनुपर्छ किनकि उनीहरूका सुझावअनुसार तपाईँ आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन ल्याउन सक्नुहुन्छ।
कपालको वृद्धिका लागि उच्च प्रोटीनयुक्त खानेकुरा महत्त्वपूर्ण हुन्छ, उनी भन्छिन्। यदि तपाईँमा कुनै प्रकारको पोषणको कमी छ भने सबैभन्दा पहिला त्यसको उपचार गर्नुपर्ने हुन्छ। कपाल झर्ने समस्या देखिनासाथ धेरै मानिसले मिनक्सिडिलजस्ता रसायन भएका टपिकल क्रीमुहरू अथवा क्याफीनमा आधारित उत्पादनहरू प्रयोग गर्न थाल्छन्।
मिनक्सिडिल सामान्यतया तरल अथवा फिँजको स्वरूपमा प्रयोग हुन्छ। त्यसले कपालका जराहरूमा रगतको प्रवाह बढाउने गरेको पाइन्छ, जसले केश बढ्नमा मद्दत पुर्याउँछ। खास गरी पुरुषहरूको हकमा कपाल झर्नबाट रोक्नका लागि कीटोकोनजोलको प्रयोग गरिन्छ।
विज्ञहरूका अनुसार चायाको उपचारका लागि पनि त्यो राम्रो विधि हो किनकि चायाका कारण हुने सुजनले कपाल झर्ने समस्यालाई अझै नराम्रो बनाउन सक्छ। धेरै मानिस कपाल झर्ने समस्या उपचार गराउन सकिने, कपाल उम्रिन सक्ने र केही गर्नुपर्दैन भनी ठान्छन्, जुन कुरा होइन। कपाल झर्नबाट रोक्नु भनेको जीवनभरि गरिएको एउटा प्रतिबद्धता हो, डा। पन्थ भन्छिन्।
जीवनशैलीमा परिवर्तन
- कपाल बढ्नुमा फोलिकलहरूको भूमिका हुन्छ। तर तिनले तालुका घाउ निको पार्ने र छाला पुनः उत्पादन गर्ने काम पनि गर्छन्।
- कपाल झर्ने समस्यालाई अझ बल्झाउन सक्ने भनेका धूमपान, मदिरापान, तनाव र निद्राको कमी हुन्।
- डा। पन्थका अनुसार धूमपानले भेजोकन्स्ट्रिक्शन नामक अवस्था निम्त्याउँछ, जसले तपाईँका अङ्गहरूमा रगतको प्रवाह घटाउँछ र यो समस्या तालुमा पनि हुन सक्छ।
- नियमित रूपमा तालु सफा नगर्दा पनि कपाल झर्ने समस्या निम्तिन सक्छ( कपाल ननुहाएर जीउ नुहाएको बेला पनि कपाल झरिरहेको तपाईँले देखेको हुन सक्छ।
- तालु चिल्लो खालको छ भने हरेक दिन अथवा एक दिन बिराएर कपाल नुहाउँदा जाती हुन्छ, डा। पन्थ सुझाउँछिन्।
- उनका अनुसार यदि तालु र हेअरस्टाइल अथवा सुक्खा छ भने सातामा कम्तीमा तीन पटक टाउको नुहाउनुपर्ने हुन्छ।