काठमाडौँ । स्वस्थ रहन आजकल मानिस प्याकेजमा सुगर फ्री लेखिएको सामान रोज्छन् । लेबलमा ‘चिनी छैन’ देख्नेबित्तिकै धेरै सोचविचार नगरी सामान किनिहाल्छन् । तर सुगर फ्री मार्केटिङ चाल मात्रै हो, यसमा चिनीभन्दा पनि छिटो शरीरलाई असर गर्ने तत्त्वहरू हुन्छन् । धेरैजसो प्याकेटमा पाइने चिज हो डेक्सट्रोज हो । यो एक प्रकारको चिनी हो जुन शरीरमा छिटो घुल्छ र रगतमा चिनीको मात्रा बढाउँछ । त्यसकारण, खाद्य उत्पादन खरिद गर्नुअघि सुगर फ्री देखेर होइन कि, त्यसबारे पूरा सत्य जानेर किन्नु जरुरी छ ।
सधैँ सुरक्षित हुँदैन सुगर फ्री
धेरै मानिसहरू सोच्छन् कि यदि प्याकेटमा नो एडेड सुगर या सुगर फ्री देख्नेबित्तिकै ‘यो स्वस्थ छ’ भनेर सोच्छन् । यद्यपि सत्य यो हो कि यसमा प्राकृतिक वा प्रशोधित चिनीका अन्य रूपहरू हुन सक्छन् । आम उपभोक्तालाई भ्रमित पार्न कम्पनीहरूले विभिन्न नामहरूमा चिनी लुकाउँछन् ।
डेक्सट्रोज के हो ? यो किन खतरनाक छ ?
डेक्सट्रोज वास्तवमा ग्लुकोजको एक रूप हो, जुन सीधै शरीरमा प्रवेश गर्छ र ऊर्जामा परिणत हुन्छ । यद्यपि यसको सबैभन्दा ठुलो समस्या यो होस यसले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउँछ । यो रगतमा तुरुन्तै घुल्छ । यसले इन्सुलिनमा अचानक दबाब दिन्छ । यो खासगरी मधुमेह रोगीहरूका लागि जोखिमपूर्ण हुन सक्छ ।
लुकाएर यसरी राखिएको हुन्छ चिनीको नाम
यस्तो चिनी प्याकेजमा मात्र लेखिएको हुन्न, यो धेरै चिजमा हुन्छ । डेक्सट्रोज, माल्टोज, मकैको सिरप, फ्रुक्टोज, र ग्लुकोज सिरप सबै चिनीकै रूप हुन् । तपाईंले यी नामहरू चिन्नुहुन्न भने तपाईं सजिलै भ्रममा पर्न सक्नुहुन्छ ।
लेबल पढ्ने सही तरिका के हो ?
प्याकेटको अगाडि सुगर फ्री लेखिएको देखेर मात्रै हुन्न, पछाडि दिइएको इन्ग्रेडियन्ट्स खण्ड सधैँ ध्यानपूर्वक पढ्नुहोस् । सुरुमै डेक्सट्रोज वा कुनै सिरप उल्लेख गरिएको छ भने यसमा चिनीको मात्रा बढी हुन्छ । थपिएको शून्य ग्राम चिनीको अर्थ यसमा प्राकृतिक चिनी हुँदैन । पोषण तालिकामा कुल कार्बोहाइड्रेट पनि चेक गर्नुहोस् ।
सही छनोट कसरी गर्ने ?
यदि तपाईं साँच्चै चिनीबाट बच्न चाहनुहुन्छ भने यी सरल चरणहरू पालना गर्नुहो:
- प्याकेटका खानेकुरा कम खानुहोस्,
- ताजा फलफूल र घरमै बनाइएको खानालाई प्राथमिकता दिनुहोस् ।
- अत्यधिक प्रशोधित खाजाबाट टाढा रहनुहोस् ।
- कम चिनी वा चिनी छैन जस्ता लेबलहरूको सट्टा पूर्ण जानकारी खोज्नुहोस् ।
आजको समयमा देखासिकी होइन, सही जानकारी राखेर स्वस्थ रहन सकिन्छ । सुगर फ्री भन्ने लेबलमा तुरुन्तै विश्वास गर्नु तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एजेन्सी
(नोट : सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र हो, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)