आजको पुस्ता प्रविधिको सबैभन्दा ठूलो उपभोगता मात्र होइन, त्यसको दास पनि बन्दै गएको छ । हातमा मोबइल नभए असहज महसुस गर्ने , समाजिक सञ्जालमा लाइक र कमेन्टको पछि दौडिने प्रवृत्ति तीव्र रुपमा बढिरहेको छ । सुविधा खोज्दै सुरु गरिएको यो जिवनशैलि अब स्वस्थ्य,समय र सम्बन्ध सबैमथि आक्रमण गर्न थालेको छ।
डिजिटल लतः अदृश्य रोग
मोबाइल, फेसबुक, इन्स्टाग्राम त टिकटक जस्ता प्यलेटफर्मले मनोरञ्जन मात्र होइन, मानिसको ध्यान र समय कब्बजा गरिरहेको छन् । अत्याधिक प्रयोगले निद्रा बिग्रिनू, आँखा कमजोर हुनू र मानसिक तनाव बढ्नू सामान्य बन्दै गएको छ । तर यो समस्यालाई धेरैले अझै गम्भीर रुपमा लिएका छैन्न।
स्वस्थ्य संकट तर्फ धकेलिदै जिवनशैलि
घण्टौसम्म स्क्रिन खगाडि बस्ने बानिलेशारिरिक गतीविधीशुन्य जस्तै बनेको छ । परिणामस्वरुप मोटोपन , उच्च रत्तचाप र टाइप २ मधुमेह जस्ता दिर्घरोगको जोखिम तीव्र रुपमा बढ्दै गएको छ । शरिर मात्र नभइ मानसिक स्वस्थ्य पनि कमजोर हुदै गएको छ । धैर्यताको कमी, चिन्ता(एन्जाइटि), डिप्रेसन, एकाग्रताको कमी, निन्द्राको कमी जस्ता रोगहरु देखा पर्छन्।
सम्बन्धमा चिसोपन
पहिले परिवरसँग बिताइने समय अहिले मोबाइलले खोसेको छ । एउटै घरमा बसेर पनी अलग अलग डिजिटल दुनियामा हराइरहेका हुन्छन् । पत्यक्ष संवाद घट्दै जाँदा सम्बन्धहरु औपचारिक र कमजोर बन्दै गएका छन् ।