काठमाडौं - गर्मी मौसममा शरीर जस्तै कपालमा पनि पसिना गन्हाउँछ । जसको कारण कपाल तेलदार हुन्छ । साथै टाउकोमा दुर्गन्ध पनि आउँछ। कपाल चिपचिप हुँदा ,दुर्गन्ध आउँदा हामिलाई असहज महशुस हुनुको साथै सुन्दरतामा ह्रास आएको महशुस हुन्छ । गर्मीमा कपालमा पसिनाको गन्ध हटाउनका लागी सजिलो घरेलु उपाय यस्तो छ ।
पानीमा मह र दालचिनी पाउडर उमालेर यसलाई चिसो बनाउने । कपाल धुनु भन्दा आधा घण्टा पहिले यो कपालमा लागाउनुहोस्। यसो गर्नाले कपालको गन्ध जान्छ ।
स्टिकनेस हटाउन कपाल राम्रोसँग धुनुहोस् । यसले कपाल ताजा र सफा राख्नेछ।
कपालको चिपचिपापन हटाउनका लागि हेयर प्याक लगाउनुहोस् । कपालबाट टाँसिनेपन हटाउनका लागी हप्तामा एक पटक हेयर प्याक लगाउनुपर्छ। हेयर प्याक लगाउँदा कपालमा चमक प्रदान गर्दछ र यसमा पसिनाको गन्धबाट पनि मुक्त हुनेछ। हेयर प्याक नियमित रूपमा लागू गर्नाले, कपाल यति राम्रो हुन्छ कि अरू केहि पनि आवश्यक पर्दैन।
कपालको हिसाबले सही कन्डिसनर छनौट गर्नुहोस् । कपाल शैम्पूले धुएपछि कन्डिशनर प्रयोग गर्नुहोस् । कन्डिशनर केवल कपालको अन्तमा मात्र लागाउनुहोस्।
(मेरी सहेली हिन्दि म्यागेजिनबाट साभार)