काठमाडौं- गर्भ निरोधक सुई हरेक तीन तीन महिनामा लगाउने परिवार नियोजनको अस्थाई साधन हो । यो साधन ज्यादै भरपर्दो मानिन्छ । यो साधन स्तनपान गराईरहेकी महिलाले बच्चा जन्माएको छ हप्तापछि लगाउन सकिन्छ ।
त्यसैगरी महिनावारी भएको ७ दिनभित्र जुनसुकै महिलाले पनि प्रयोग गर्न सकिन्छ र साधन अपनाएको कुरा राख्न सकिन्छ । प्रत्येक तीन महिनामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र लगाउनुपर्छ ७ दिन पछि मात्र प्रभावकारी हुने हुनाले यस अवधि भरी कण्डमको प्रयोग गर्नुपर्छ ।
यसले महिलाको शरीरको वजन तलमाथि हुन सक्छ र टाउको पनि दुख्न सक्छ ।
१. के गर्भ निरोधक सुई प्रयोग गरेमा पाठेघर भित्र रगत जम्मा भई अप्रेशन गर्नुपर्छ ?
गर्भ निरोधक सुई प्रयोग गरेमा पाठेघर भित्र रगत जम्मा हुँदैन । गर्भ निरोधक सुई प्रयोगले केहि महिलामा महिनावारी हुदैन् । महिलाको महिनावारी बन्द हुनु भनेको पाठेघर भित्र रगत जमेको हाईन कि गर्भवति भएको समयमा महिनावारी रोकिएको जस्तै मात्र हो ।
२. के गर्भ निरोधक सुई प्रयोगले महिनावरी गडबड गराउँछ ?
गर्भ निरोधक सुई प्रयोग गर्ने महिलाको महिनावरी नहुने वा अनियमित हुने , धेरै रगत जाने, अथवा धेरै दिन सम्म रगत भईरहने हुनसक्छ । महिनावरीमा यस्ता परिवर्तन भएर महिलालाई कुनै हानि हुँर्दैन र यस्ता असरहरु गर्भ निरोधक सुई लगाउन शुरु गरेको केही महिनापछि कम हुँदै जान्छन् ।
३. के गर्भ निरोध सुईले क्यान्सर गराउँछ ?
गर्भ निरोधक सुईले क्यान्सर गराउँदैन । गर्भ निरोधक सुईको प्रयोगले अझ पाठेघरमा क्यान्सर हुनबाट बचाउँछ ।
४. के गर्भ निरोध सुईले यौन संक्रमण हुनबाट बचाउँछ ?
गर्भ निरोधक सुईले यौन संक्रमण हुनबाट बचाउँदै । कण्डमले मात्र यौन संक्रमण हुनबाट सुरक्षित राख्न सक्छ ।