महिलाका लागि स्तन गहना हो भने शिशुको लागि अमृत हो । दाम्पत्य जीवन होस् र शारिरीक सुखमय जीवनमापनि स्तनको अति महत्व छ । यौ’नसम्पर्कका लागि उत्तेजित बनाउने अंगको रुपमापनि चिनिन्छ । स्तन शिशुका लागि दूध बनाउन मात्र होइन् । यौ’नका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । पुष्ट स्तन भएका महिला आकर्षक मानिन्छन् । यसैलेपनि महिलाहरु स्तन पुष्ट र टाईट राख्न अनेक उपाय अपनाएका हुन्छन् ।
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।
किशोरावस्थामा पुगेपछि केटीहरुमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २–३ बर्षको चाँडो ढिलो हुन सक्छ ।
इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ ।
स्तनको विकासलाई विभिन्नका चरणमा वर्गिकरण गर्ने गरिएको छ स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई नै ट्यानर स्टेज भनिने ५ चरणमा बाँडिएको छ ।
पहिलो चरण– यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ ।
दोस्रो चरण– बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला (मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठुलो भएर आउँछ ।
तेस्रो चरण– स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ ।
चौथो चरण– एरोला र मुण्टो अझै उठ्ने (बढ्ने) र स्तनको सबै भागमा अझ वृद्धि हुने ।
पाँचौ चरण– स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ ।
एजन्सीको सहयोगमा