काठमाडौं - आयोडिन बच्चाको पूर्ण विकासको लागि आवश्यक पोषक तत्व हो। यसले गर्भावस्थामा उर्जाको स्तर बढाउँछ। गर्भावस्थामा आयोडिन अभाव हानिकारक हुन सक्छ । आयोडिन अभाव हुँदा कस्तो समस्या हुन्छ जान्नुहोस्।
गर्भावस्थामा खानपानमा बिशेष ध्यान दिनुपर्छ । स्वस्थ आहार खाएमा गर्भमा रहेको भुण्रको पनि राम्ररी विकास हुन्छ। शरीरमा पोषणको अभाव गर्भवती महिलाहरूको लागि राम्रो हुदैन । विशेषगरी, आयोडिन र फलामको कमी हुनु हुँदैन। यद्यपि धेरै गर्भवती महिलाहरूलाई आयोडिनको अभाव हुन्छ । त्यस्को लागी आयोडिन र फलाम पाइने खाद्य पदार्थ समावेश गरेर खानुपर्छ ।
आयोडिनको कमीले गर्भमा भएदेखिनै बच्चाको विकास रोक्छ। गर्भावस्थामा आयोडिनको कमीले बच्चाको जन्म पछि तीव्र शारीरिक विकासको परिणाम दिँदैन। बच्चाको मानसिक र शारीरिक दुबै विकासलाई रोक्न सक्छ।
आयोडिनको कमीले गर्भपातको जोखिम बढाउँछ। गर्भपातले तनाव र डिप्रेसनमा पुर्याउन सक्छ। बारम्बार गर्भपात हुनु ठीक हुँदैन। कोहि महिला गर्भवती भएमा आयोडिनको अभावबाट छुटकारा पाउन स्वस्थ र आयोडिन समृद्ध खानपान गर्नुपर्छ ।