- डा हेमराज कोइराला
काठमाडौं कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न काठमाण्डू उपत्यकाकासहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहीवार बिहानबाट लागु भएको छ। यो समयमा आफु सुरक्षित रहन यस्ता सावधानी अपनाउनुपर्ने हुन्छ ।
२ मीटरको दूरीः
२ जना व्यक्ति भेट हुँदा २ मीटर भन्दा ज्यादा दूरीमा टाडै बस्नुहोला ।
नमस्तेद्वारा अभिवादनः
आपसमा भेटघाट हुँदा हात मिलाएर हैन टाढैबाट नमस्तेद्वारा अभिवादन गर्ने गरौं।
हातधुने गरौंः
कुनै चीज छुए पछि वा बाहिर गएर आए पछि तुरुन्तै साबुन पानीले मिची–मिची हातधुने गरौं ।
नाक र मुख छोपेर राखौंः
संक्रमण फैलन नदिन नाक र मुखलाई राम्रो खालको सर्जीकल मास्कले छोपेर राखौं ।
भाीड–भाँड नगरौंः
भाीड–भाँड गर्दा संक्रमण चाँडो फैलिन्छ यसर्थ भिड–भाँड नगरौं, भीड–भाँडमा नजाऔं ।
डाक्टरलाई सम्पर्क गरौंः
रुघामर्की, खोकी, सर्दी, ज्वरो आउने, हाच्छ्यू आउने, जीउदुख्ने जस्ता लक्षण देखिए तुरुन्त डाक्टरलाई सम्पर्क गरौं ।