काठमाडौं - कुनै व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि अलग स्थानमा बस्नुपर्छ । परिवारका अन्य व्यक्तिलाई नसरोर भन्नका लागी भौतिक दुरी कायम गर्नुपर्छ । नियमित माक्स लगाउनुपर्छ । साथै होम आइशोलेशनका लागी मानसिकता बनाउनुपर्छ ।
संक्रमण भएको पुष्ट्रि भएपछि घरमै बसेर उपचार गर्ने कि अस्पतान नै जाने भन्ने संक्रमितकोे स्वास्थ्य अवस्था अनुसार निर्धारण गर्नुपर्छ ।
सबैभन्दा पहिले आफुले चिनेको वा सम्पर्कमा भएको स्वास्थ्य सस्थान, स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । जाँच गराएको अस्पताल वा ल्याबले पनि थप जानकारी उपलब्ध गराउन सक्छ ।
संक्रमितले आफ्नो स्वास्थ्य अवस्थाको मुल्याकन आफै गर्नका लागी घरमा आवश्यक सामाग्री तयारी अवस्थामा राख्दा राम्रो हुन्छ । सकेसम्म यि सामाग्रीहरु तयार पार्नुपर्छ ।
ज्वरो नाप्ने थर्मोमिटर
अक्सिजन नाप्ने पल्स अक्सिमिटर
रक्तचाप नाप्ने इन्स्टुमेन्ट
पल्स अक्सिमिटरले अक्सिजन स्याचुरेशन नाप्ने