काठमाडौं । धेरै महिला र पुरुषहरू मेकअप गर्छन् तर धेरै कमलाई मात्रै मेकअप गर्ने सही तरिकाको बारेमा थाहा छ। विवाह-भोज होस् वा विशेष कार्यक्रम, महिला र पुरुषहरू बाहिर निस्कनुअघि घण्टौंसम्म मेकअप गर्छन्।
घण्टौं लगाएर गरेको मेकअपमा पनि यो नभएको र त्यो नभएको भन्दै गुनासो भने भइरहेको हुन्छ । हो त्यसैले मेकअप गर्दा के-कस्ता गल्ती गर्नु हुँदैन भन्ने कुरा जान्न जरुरी छ ।
धेरैलाई छालालाई मुलायम बनाउन धेरै फाउन्डेसन लगायतका उत्पादनहरू लगाउनु पर्छ भन्ने लाग्छ। धेरै फाउन्डेसन लगाएर मात्रै राम्रो मेकअप हुन्छ भन्ने होइन् । फाउन्डेसनको मात्रालाई मिलाउनुहोस् ।
जब तपाईं पार्टीमा जान तयार हुनुहुन्छ, सधैं दिन र रातको ख्याल राख्नुहोस्। किनभने उज्यालोले अनुहारको मेकअपमा ठूलो फरक पार्छ। साथै, अनुहारमा मेकअपको धेरै तहहरू नलगाउनुहोस् । यदी तपाइले मेकअपका धेरै तहहरु लगाउनुभयो भने केही समयपछि अनुहार पहेंलो देखिन थाल्छ ।
महिलाहरू प्रायः फाउण्डेसन र कन्सिलर लगाउन फ्ल्याट ब्रशको प्रयोग गर्छन्। जसका कारण अनुहारमा स्मूथ फिनिशिङ हुँदैन ।यसो गर्नाले कहिलेकाहीँ अनुहारमा रेखा देखिन थाल्छ। यदि तपाइँ फिनिश मेकअप चाहनुहुन्छ भने सधैं ब्यूटी ब्लेंडर प्रयोग गर्न सक्नुहुन्छ ।
मनसुनको गर्मीमा टासिने क्रिम कहिल्यै प्रयोग नगर्नुहोस्। मनसुनमा जेल बेस्ड प्रोडक्ट प्रयोग गर्नुहोस् । जेल बेस्ड प्रोडक्ट धेरै समयसम्म अनुहारमा रहिरहन्छ र छाला टाँसिने हुँदैन।गर्मीमा पसिनाको कारण, छाला चिपचिप र चिसो देखिने गर्दछ । त्यसैले कन्टोरिङ र ब्लश गर्न पाउडरको प्रयोग गर्नुपर्छ। यसले छालालाई सुख्खा राख्छ र म्याट देखिन्छ।