काठमाडौं । गर्मी बढेसँगै हामीलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । विशेषगरी अनुहारसँग सम्बन्धित समस्याले बढी सताएको देखिन्छ । गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्नका लागि छालालाई नरम बनाइ राख्नु आवश्यक हुन्छ।
जसका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ । घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईंको छालाको लागि सबैभन्दा उत्तम हुन्छ । यसले तपाईंको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ।
नियमित रुपले अनुहारको हेरचाहसँग सम्बन्धित केही फेश प्याकहरू जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिङ्ग र मोइश्चराइजिङ्ग पनि हुन्छ। तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यी सबै सामानको प्रयोगले तपाईंको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।
यसले अनुहार चम्किलो बनाउनुका साथै रङ्ग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक आउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ ।