काठमाडौं - धेरै मानिसहरुले रुघाखोकी लागेको बेला पिसिआर परिक्षण गरायो भने सबैको रिर्पोट पोजोटिभ आउँछ भन्ने धारणा राखेका हुन्छन् । हेल्थ एक्सन एण्ड रिर्सचका अनुसार रुघाखोकी लाग्दैमा कोरोना पोजेटिभ आउने होइन । रुघाखोकी पनि कोरोना भाइरस संक्रमणको एक लक्षण हो । कोहि व्यक्ति कोरोना भाइरस संक्रमित भएमा मात्र उसको रिर्पोट पोजेटिभ आउँछ ।
हाल समुदाय र घर घरमा कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको हुँदा यो सँग मिल्दा जुल्दा लक्षण देखा परेमा परिक्षण गराउँन आवश्यक हुन्छ । समयमा नै परिक्षण गरे आवश्यक हेरचाह गर्न सकिन्छ । साथे अन्य व्यक्तिमा कोरोना सर्नबाट रोकथाम गर्न सकिन्छ ।