काठमाडौँ। मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी नभएकाले दाँतको ख्याल गर्दैनन् । दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । दाँतमा धेरै देखिने समस्या दाँत किराले खाने, दाँत फाट्टीयर आउने तथा चोट लागेर दाँत टुक्रिएर जाने हो । कुनै कारण बस दाँत निकाल्नु परेमा दाँतको बिषेस ध्यान दिनु पर्छ ।
दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरु
- दाँत निकाले पछि सोहि ठाउमा २ घण्टा सम्म कपास टोकेर राख्ने ।
- २ घण्टा पछि कपास निकालेर चिसो पदार्थ वा चिसो पानी पिउने ।
- २४ घण्टा सम्म नथुक्ने र कुनै पनि खाने कुरा चुसेर नखाने ।
- २४ घण्टा जोडले कुल्ला नगर्ने ।
- घाउ लाई जिब्रो वा अरु कुनै चिज्ने नचलाउने ।
- २४ घण्टा सम्म चिसो, नरम र कम मसालेदार खानेकुरा (जस्तै खिचडी) खाने।
- धुम्रपान र मद्दापान नगर्ने ।
- चिकित्सकद्वारा प्रेस्क्राइब गरिएको औषधी समयमा खाने।
- औषधी खादा कुनै किसिम्मको साइड इफेक्ट वा एलर्जी ( छालामा फोका आउनेृ , हात, खुटा मुख सुन्निने ) भए तुरुन्त औषधी बन्द गरेर अस्पतालमा सम्पर्क गर्ने ।
- २४ घण्टापछी नुनिलो मनतातो पानीले दिनको ४ र ५ पटक ५र६ दिनसम्म कुल्ला गर्ने।
- २४ घण्टापछी मुख खोल्ने , बन्द गर्ने जस्ता मुखको व्यायाम तथा योग गर्ने ।
- दाँत निकालेको ठाउमा सुन्निएमा औलाको सहयताले थिच्ने वा मसाज गर्ने ।
- टाका लगाएको छ भने एक हप्तापछि निकाल्न चिकित्सककोमा जाने ।
- कुनै पनि समस्या आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गरेर जाने ।