गर्भ बोक्न सक्ने उमेर भएका महिलाको महिनावारी रोकिएको अवस्थालाई चिकित्सकीय भाषामा एमेनरीआ भनिन्छ। प्रायस् त्यसो हुनुको कारण भनेको गर्भवती हुनु हो तर महिनावारी नहुनु वा ढिलो हुनुमा अन्य कुराले पनि भूमिका खेलेका हुन्छन्।
साधारणतयास् प्रजननका निम्ति परिपक्व महिलाको प्रत्येक २८ दिनमा महिनावारी हुन्छ। त्यसमा दुईचार दिन तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ। कहिलेकाहीँ एकाधपटक महिनावारी नभएमा पनि त्यसलाई त्यति गम्भीर मानिँदैन। तर बारम्बार त्यस्तो हुन थाल्यो भने चाहिँ त्यसले अन्य समस्यातर्फ सङ्केत गर्छ। गर्भवती भएको अवस्थाबाहेक महिलाहरूलाई महिनावारी गडबढि हुन सक्ने आठ प्रमुख कारणहरू यस्ता छन्।
तनाव
तनाव सबैभन्दा महत्त्वपूर्ण कारण हो र यो हाम्रो समयको वास्तविक महामारी हो । तनावले अड्रनलिनजस्ता होर्मोनहरूको उत्पादनमा असर गर्छ। यसले खतराको अवस्थामा आन्तरिक रक्षा प्रणाली सतर्क हुनेजस्तो शारीरिक स्थितिलाई चरम अवस्थामा पुर्याइदिन्छ।
यस्तो स्थिति लामो अवधिसम्म कायम रहेमा महिनावारीमा गडबडी हुन सक्छ। यसले महिनावारी हुने समयलाई छिटो वा ढिलो पारिदिनुका साथै महिनावारी नै नहुने वा भए पनि पीडादायी हुने बनाइदिन्छ। कतिपय अवस्थामा यसले महिलाहरूलाई चार साताको नियमित अवधिमै दुई पटक महिनावारी अनुभव गर्ने स्थितिमा समेत पुर्याउँछ। एनएचएसले तनावका कारण महिनावारी गडबडी भएको खण्डमा नियमित कसरत तथा श्वासप्रश्वाससम्बन्धी विधिहरूको अभ्यास गर्न सुझाएको छ। ती उपाय पनि प्रभावकारी नभए सीबीटी (संज्ञानात्मक–व्यवहार थेरपी) जस्ता थेरपीहरू पनि छन् जसले व्यक्तिलाई तनाव र चिन्तासँग जुध्न मद्दत गर्छन्।
एक्कासि वा अत्यधिक तौल घट्नु
क्यालरीको खपत अत्यधिक मात्राले सीमित गरियो भने पनि त्यसले डिम्बोत्पादनका निम्ति आवश्यक पर्ने होर्मोनको उत्पादनलाई रोकिदिन सक्छ। मान्यताप्राप्त पोषणविद्ले १८.५ मुनि बीएमआई (उचाइका आधारमा निर्धारण गरिने आदर्श तौल) भएका र आवश्यकभन्दा कम तौल भएका बिरामीलाई स्वस्थ तरिकाले तौल बढाउन सघाउन सक्छन्। तर एनरेक्सिआ सहितका अव्यवस्थित खानपानका कारण तौल घटेमा चाहिँ प्रायस् मनोचिकित्सकको खाँचो पर्छ।
अधिक तौल वा मोटोपन
तौल अधिक हुँदा ईस्ट्रजनु नामक होर्मोनको अधिक उत्पादन हुन्छ। यो महिला तथा बालिकाको प्रजनन प्रणालीलाई नियन्त्रित गर्ने होर्मोनहरूमध्येको हो। उक्त होर्मोनको स्तर बढेमा महिनावारी प्रभावित हुन सक्नुका साथै कतिपय मामिलामा ठप्पै हुन सक्छ।
एमेनरीआको अवस्था भोगिरहेका अधिक तौल भएका वा ३० माथिको बीएमआई भएका महिलाहरूलाई चिकित्सकहरू प्रायस् स्वस्थ तौल हासिल गर्नका निम्ति पोषणविद्को सुझाव लिन सिफारिस गर्छन् ।
अति शारीरिक कसरत
चरम कसरतका कारण शरीरमा पैदा हुने तनावले पनि महिनावारीलाई नियन्त्रण गर्ने होर्मोनहरूको स्तरलाई प्रभावित तुल्याउन सक्छ र अधिक मात्रामा बोसोको कमी भएमा पनि डिम्बोत्पादन रोकिन सक्छ। व्यावसायिक खेलाडीहरूलाई खेलको स्तरलाई व्यवस्थित राखिराख्न सकिने उपायबारे खेलकुदसम्बन्धी औषधि विशेषज्ञहरूले सुझाव दिन सक्छन्।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम ९पीसीओएस०
पोलिसिस्टिक डिम्बाशयहरूमा धेरै ससाना तथा अविकसित थैलीहरू हुन्छन् र त्यसैमा डिम्बहरू विकसित हुन्छन्। पीसीओएसको अवस्थामा भएका महिलाका हकमा ती थैलाहरूले प्रायस् डिम्ब निकाल्न नसक्ने हुँदा डिम्बोत्पादन प्रभावित हुन्छ। एनएचएसको अनुमानमा यूकेमा १० मध्ये एक महिला पीसीओएसबाट प्रभावित छन्। महिनावारी नहुने मामिलामा यो ३३ प्रतिशतले जिम्मेवार छ।
रजनोवृत्ति वा समयअगावै मेनोपज हुनु
गर्भवती अवस्था र स्तनपान सँगसँगै रजनोवृत्ति वा मेनोपज पनि एमेनरीआको प्राकृतिक कारणमध्येको हो। रजनोवृत्तिको अवस्थामा पुगेसँगै महिलाको शरीरमा ईस्ट्रजनको स्तर घट्न थाल्छ र डिम्बोत्पादन पहिलेको तुलनामा कम हुन्छ। साधारणतयास् ४५ देखि ५५ वर्षको उमेरमा रजनोवृत्ति हुन्छ।
तथापि अध्ययनहरूले प्रत्येक १०० मध्ये एक महिलाले ४० वर्ष नपुग्दै रजनोवृत्ति अनुभव गर्ने गरेको देखाएको छ। उक्त अवस्थालाई समयअगावैको रजनोवृत्ति वा डिम्बग्रन्थीको विफलताका रूपमा चिनिन्छ।
गर्भनिरोधक
केही गर्भ निरोधकचक्की, सुई तथा गर्भाशयभित्र राखिने उपकरणहरूले पनि एमेनरीआ हुन सक्छ। गर्भनिरोधक चक्की खान बन्द गरेपछि पुनस् नियमित डिम्बोत्पादन थाल्न शरीरलाई केही समय लाग्न पनि सक्छ।
अन्य स्वास्थ्य अवस्था तथा औषधिहरूको दीर्घकालीन सेवन
मधुमेह वा हाइपरथाइरोडिजम तथा हाइपोथाइरोडिजमजस्ता होर्मोनहरूको स्तरमा गडबडी भएमा वा अन्य दीर्घकालिन स्वास्थ्यावस्थाका कारण पनि महिनावारी रोकिन सक्छ। एन्टिसाइकोटिस, कीमोथेरपी, एन्टिडिप्रेसन्ट्सजस्ता तथा रक्तचाव र एलर्जीहरूको उपचारका निम्ति दिइने निश्चित् औषधिहरूका कारण पनि महिनावारी गडबढि हुन सक्छ। बीबीसी