शरीरमा हर्मोनको उत्पादन आवश्यकताभन्दा धेरै वा थोरै भएको अवस्थालाई हर्मोनल असन्तुलन अर्थात् हर्मोनल गडबडी भनिन्छ । हर्मोन शरीरका ग्रन्थीहरूले उत्पादन गर्ने रासायनिक पदार्थ हुन्, जसले मासिक चक्र, गर्भावस्था, मेटाबोलिज्म, निद्रा, मूड र यौन इच्छा जस्ता क्रियाकलाप नियन्त्रण गर्छन्। जब यी हर्मोन (जस्तै एस्ट्रोजेन, प्रोजेस्टेरोन, थाइराइड, इन्सुलिन) सन्तुलनमा रहँदैनन्, त्यसलाई हर्मोन असन्तुलन भनिन्छ।
महिलामा हार्मोनको गडबडी भएमा मुडमा परिवर्तन आउने, झाडापखाला हुने, महिनावारी गडबडी हुने, प्रजनन् क्षमतामा ह्रास आउने, यौन जीवनमा समस्या उत्पन्न हुने, निद्रा नलाग्ने, अचानक तौल घटबढ हुने, अचानक हड्डीहरु भाँच्चिने लगायत समस्या हुनसक्छ । प्रायजसो एस्ट्रोजेन तथा प्रोजेस्टेरोन महिलाको डिम्बाशयबाट उत्पादन हुने हार्मोनको गडबडी हुँदा यस्तो समस्या देखिन्छ ।
हर्मोन असन्तुलन मुख्य कारणहरू
- तनाव (Stress) – अत्यधिक तनावले कोर्टिसोल हर्मोन बढाउँछ, जसले अन्य हर्मोन असन्तुलित बनाउँछ।
- निन्दाको अभाव – राति राम्रो ननिदाउँदा मेलाटोनिन र अन्य हर्मोन प्रभावित हुन्छन्।
- अस्वस्थ खानपान – बढी चिल्लो, प्रशोधित (processed) खाना र चीनी सेवन।
- थाइराइड समस्या – थाइराइड ग्रन्थीको बढी वा कम सक्रियता।
- पीसीओएस (PCOS) – महिलामा बढी टेस्टोस्टेरोन हर्मोन उत्पादन हुने अवस्था।
- गर्भपतन वा गर्भावस्था पछिको हर्मोन परिवर्तन।
- कृतिम गर्भनिरोधक (Pills) वा हर्मोनल इन्जेक्सनको प्रभाव।
- महिनाबारी सुक्नु (Menopause) – रजोनिवृत्तिपछि एस्ट्रोजेन घट्नु।
हर्मोन सन्तुलन कायम राख्ने उपायहरू
- नियमित व्यायाम र योग गर्ने
- पर्याप्त निन्द्रा (६–८ घण्टा)
- तनाव घटाउने
- ताजा फलफूल, हरियो सागसब्जी, ओमेगा–३ युक्त खाना खाने
- प्रशोधित चिनी र चिल्लो खानेकुरा कम खाने
- पर्याप्त पानी पिउने
- क्याफिन र मद्यपान घटाउने
- शरीरको संकेत सुन्न सिक्ने — थकान, मूड स्विङ, निद्रा समस्या जस्ता लक्षण बेवास्ता नगर्ने
- चिकित्सकको निर्देशनमा मात्रै औषधि वा हर्मोन सप्लिमेन्ट प्रयोग गर्ने
३ महिनाभन्दा बढी महिनावारी भएन, अत्यधिक रक्तस्राव वा पेट दुख्ने समस्या भयो, अत्यधिक तौल बढ्नु वा घट्नु, लामो समयसम्म गर्भधारण नहुनु, अत्यधिक मानसिक उतारचढाव जस्ता समस्या भई रहेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।