गर्भवती भएको २२ हप्ताभित्र वा भ्रूण ५०० ग्रामभन्दा कम भएको अवस्थामा गर्भाशयबाट बाहिर निस्किनुलाई गर्भ तुहिनु भनिन्छ।
"आमभाषामा बच्चा खेर जानु पनि भनिन्छ। यो गर्भवतीले चाहेर सिर्जना हुने अवस्था होइन,"
गर्भवतीको तल्लो पेट दुख्नु र रक्तस्राव हुनुलाई गर्भ तुहिनुको आमलक्षण मानिएको चिकित्सकहरू बताउँछन्।
"शरीरको अन्य भाग पनि दुख्ने, असहज महसुस हुने हुनसक्छ। तर प्रायको सानो पेट दुख्ने प्रसव व्यथा लागेजस्तै छटपटाहट हुन्छ।"
के कारण गर्भ तुहिन्छ?
गर्भ तुहिनुमा गर्भवती महिलाको उमेर, तौल, शारीरिक अवस्था, विभिन्न सङ्क्रमण, पोलिसिस्टिक ओभरीयन डिजिज (पीसीओडी) र एन्डोक्राइन डिसअर्डरको प्रभाव रहेको छ ।
"उमेर र तौल जति बढी भयो गर्भधारणमा चुनौतीहरू पनि बढ्छन्। त्यस्तै स्वतः प्रतिरक्षा रोग वा शरीरमा हार्मोन असन्तुलित बनाउने ग्रन्थि एन्डोक्राइनमा समस्या देखिनुले बसेको गर्भमा समस्या निम्त्याउँछ,"
"पीसीओडी चाहिँ हार्मोनमा असन्तुलनकै कारण पाठेघरमा देखिने समस्या हो।"
त्यस्तै मानसिक तनाव, धूम्रपान र मदिरापनलगायतले पनि गर्भमा असर गर्ने चिकित्सकहरू बताउँछन्।
नेपालमा प्रजनन उमेरका महिलाहरूमा मोटोपना र गर्भपतनबीचको सम्बन्धबारे गरिएको एक अध्ययनमा मोटोपना हुने महिलाहरूमा गर्भ खेर जाने समायोजित सम्भावना अनुपात १.४५ गुणा बढी हुने देखाइएको छ।
गर्भनिरोधक प्रयोग नगरेका १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरू र ३५ वर्षभन्दा माथिका महिलाहरूको गर्भ तुहिने सम्भावना बढी हुने अध्ययनले देखाएको छ।
सोही अनुसन्धानका अनुसार चुरोट नखाने महिलाहरूभन्दा बढी चुरोट खाने महिलाको गर्भ तुहिएको पाइयो।
गर्भ तुहिनुले पार्ने अन्य असरहरू कस्ता छन्?
गर्भावस्थादेखि नै महिलाको शरीरमा परिवर्तनहरू देखिन थाल्छन्।
गर्भ तुहिएको अवस्थामा पनि परिवर्तनहरू निरन्तर देखिन्छन् जसले अल्प वा दीर्घकालीन असर पार्ने छ।
रक्तस्राव लामो समयसम्म भई रहनुलाई एउटा आम समस्याको हो
"भ्रूण पुरै ननिस्किए त्यहीँ बिग्रने र लामो समयसम्म रगत बगिरहने वा रगत नै चढाउनु पर्ने हुनसक्छ।"
त्यस्तै पाठेघरभित्रै छुटेका अंशहरूका कारण सङ्क्रमण हुनसक्छ।
"सङ्क्रमण बढ्दै गए नलीहरू बन्द हुन्छन्। र पूर्ण रूपमा बन्द भए नि:सन्तान हुने सम्भावना बढ्छ। केही भाग मात्र बन्द भए भ्रूण पाठेघर बाहिरका नलीहरूमा बस्ने सम्भावना हुन्छ,"
गर्भ जोगाउन के-के गर्न सकिन्छ?
सामान्य मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थाका महिलाहरूले गर्भधारण पछि नियमित कामलाई निरन्तरता दिन सक्ने प्रजनन स्वास्थ्य विज्ञहरूको कथन छ।
उनीहरूले नियमित परीक्षण, स्वस्थ खाना र हल्का व्यायाममा ध्यान दिए गर्भावस्था सफल हुने बताउँछन्।
स्वास्थ्य जटिलता भएका महिलाहरू, मोटोपन र परिवारमा अघिल्लो पुस्ता वा कसैको गर्भ खेर जाने समस्या देखिएका महिलाहरू केही सतर्क हुनुपर्ने हुन्छ ।
"जाँचबुझ नै गर्भ तुहिने सम्भावना न्यूनीकरण गर्ने पहिलो उपाय हो। समयमा कारणको पहिचान र उपचारको बाटो अपनाउनु पर्छ,"
गर्भ तुहिएको कति समयपछि पुन: गर्भधारणको प्रयास गर्न सकिन्छ?
गर्भ तुहिएपछि महिलाहरूको पाठेघर र शारीरिक बनावटहरूमा परिवर्तन हुने चिकित्सकहरू बताउँछन्।
त्यसैले शरीर र मानिसक आघात ठीक भएपछि पुनः गर्भधारण गर्न सकिने उनीहरूको तर्क छ।
सामान्यतया गर्भ खेर गएको १५ दिन भित्र नै महिलाको डिम्ब उत्सर्जन हुन्छ।
तर गर्भ खेर गएपछि एकपटक महिनावारी भइसकेपछि मात्र गर्भधारण गर्नु पर्ने चिकित्सकहरू बताउँछन्।
"सम्बन्धित महिलालाई आफू तयार छु भन्ने महसुस हुनु पर्यो। मान्नै पर्ने नियम होइन तर सकेसम्म गर्भ खेर गएपछि कम्तीमा एक पटक महिनावारी हुनुपर्यो। त्यसपछि शरीरका अङ्गहरू सामान्य बन्दै जान्छन्,"