नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्।
पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन। दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन। पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो।
महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ । सामान्यतया गर्भावस्थामा धेरैं मानिसलाई कब्जियत हुने गर्छ । गर्भावस्थामा महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो । किन भने धेरै जसो गर्भवर्तीलाई वाक्की लाग्ने र ग्याष्ट्रिक हुने गर्छ । यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहममा हुन्छ ।
गर्भ अवस्थामा बढी बान्ताहुने भएको कारण उनिहरुलाई कब्जियत हुन पुग्छ अर्को कारण यस्तो अवस्थामा खान पनि कम रुच्नेकारण उनिहरुमा कब्जियत हुने सम्भावना अधिक हुन्छ ।
पायल्सको सुरुमा दिसा गर्न कठिनाई हुन्छ । मलद्वारको आसपासको भागमा दुखाई र चिलाउने समस्या हुन्छ । साथै दिसा गरेको बेला रगतको थोपा आउन थाल्छ । मलद्वारको आसपासमा मासुको स(सना दाना देखिन थाल्छ । कुनै कडा ठाउँमा बस्दा असजिलो महसुष हुन्छ ।
गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ । र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ । यसैले पायल्सको समस्या हुन्छ । गर्भावस्थामा पायल्सको हुनु आम समस्या हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै ।
कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिने गर्छन् । कहिलेकाहीँ उनिहरुले खाने आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ ।कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।
गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।
पायल्सको उपचार
यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ।
‘फर्स्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन।
‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ। दिसा गरिसकेपछि भित्र पस्छ।
‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ।
‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ।
उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ।
पायल्स दुई किसिमको हुन्छ। मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ।
पायल्सबाट बच्ने उपाय
- चिया वा क्याफिनको सेवन नगर्ने ।
- पर्याप्त मात्रामा फल र सब्जी खाने ।
- यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ ।नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।
- फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।
- नियमित व्यायाम गर्ने ।
- तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।
- दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।
- जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।
- यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।
- गर्भावस्थामा पनि शारीरिक ब्यायाम गर्नुपर्छ
- लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगर्ने ।
यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
धेरै आराम पनि नगरौ
अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् । गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् ।
यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन । त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन । लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं । यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।